विराटनगर/ ब्लाष्ट टाइम्स दैनिकका सम्पादक एवं प्रबन्ध निर्देशक किशोर कुमार कार्कीसहित विभिन्न क्षेत्रमा योगदान पुरयाउने पाँचजनालाई चेतना संरक्षण प्रतिष्ठान नेपालले सम्मान गरेको छ ।प्रतिष्ठानको एघारौं वार्षिकोत्सवको अवसर पारेर विराटनगरमा शनिबार विशेष कार्यक्रम गरी कार्कीलाई ‘नरेश सुवेदी पत्रकारिता पुरस्कार’ बाट सम्मान गरिएको हो ।

मोफसलमा २१ वर्षयता विभिन्न आरोह÷अवरोहको बाबजुद ब्रोडसिट पत्रिका ब्लाष्ट दैनिक प्रकाशन गरेर जनताको सुसूचित हुने अधिकारको क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप कार्कीलाई पुरस्कृत गरेको प्रतिष्ठानका अध्यक्ष गंगा सुवेदीले बताए ।यसैगरी ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालालाई, धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार प्राध्यापक डा. वासुदेव त्रिपाठीलाई र भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार कलाकार रमेश खनाललाई प्रदान गरिएको छ । यस्तै प्रतिष्ठानले बालकिशन–नर्वदादेवी मुन्धडा सनातन, मानवीय, धर्म, सँस्कृति चेतना पुरस्कार डा. गुरुप्रसाद सुवेदीलाई प्रदान गरेको छ ।

प्रत्येक पुरस्कारको राशि जनही ५१÷५१ हजार रुपैयाँ रहेको छ ।प्रज्ञा प्रतिष्ठानका उपकूलपति गङ्गाप्रसाद उप्रेतीले सबैलाई नगद, कदरपत्र प्रदान गरी पुरस्कृत गरेका थिए । स्थानीय हरिभक्त सिटौलाले आप्mना आमाबुवाको नाममा साहित्य, दिनबन्धु गोयल अग्रवालले आप्mना दाजुको नाममा समाजसेवा, गंगा सुवेदीले आप्mना आमाबुवाको नाममा ललितकला, देवकिशन मुन्धडाले आप्mना आमाबुवाको नाममा धर्म सँस्कृति र दिनेश सुवेदीले आप्mना भाइको सम्झनामा पत्रकारिता पुरस्कारका लागि प्रतिष्ठानमा कोष स्थापना गरेका हुन् ।

सीएनएन हिरो, भारतको पदमश्रीलगायतका पुरस्कारबाट पुरस्कृत अनुराधा कोइरालाले यौनजन्य पीडा र चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा माइती नेपाल नामको गैरसरकारी संस्थाको संरक्षक भएर गरेको योगदानको कदर गर्दै प्रतिष्ठानले उनलाई समाजसेवा पुरस्कारबाट पुरस्कृत गरेको हो । हालसम्ममा ४५ हजार महिलालाई उद्धार गरेर पुनःस्थापना गरेको र यस वर्ष भारतबाट मात्रै १२ हजारलाई उद्धार गरेको संस्थाले जनाएको छ ।

हालसम्ममा १७ हजार अपराधीलाई समेत कारवाहीको दायरामा ल्याउन सफल भएको कोइरालाले जनाएकी छन् ।विभिन्न कृति रचना गरेर नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान दिएको, सँस्कृत, अङ्ग्रेजी र नेपाली विषयमा आचार्य गरेर नेपाली भाषामा पहिलो विद्यावारिधी प्राप्त प्राध्यापक डा. त्रिपाठीलाई साहित्य चेतना पुरस्कार प्रदान गरिएको हो । यस्तै काशी हिन्दू विश्वविद्यालयबाट सँस्कृत व्याकरणमा विद्यावारिधी गरेर महेश सँस्कृत गुरुकूल विद्यापीठम् सञ्चालन एवं मानवता, सनातन धर्म सँस्कृतिको जगेर्नामा योगदान पु¥याएवापत् डा. सुवेदीलाई पुरस्कृत गरिएको हो ।

यसैगरी आर्टिस्ट सोसाइटी नेपाल, फाइन आर्ट क्रिटिक सोसाइटी नेपालमा आबद्ध रही अरुपन आर्ट ग्यालरी नेपाल सञ्चालन गर्दै चित्रकला तथा कला समीक्षक भएर ललितकला विधामा पु¥याएको योगदानको कदरस्वरुप खनाललाई पुरस्कृत गरिएको हो ।समारोहमा उपकूलपति उप्रेतीले मुलुकमा वैचारिकरुपमा अन्यौल छाएको घडीमा साहित्यकार, पत्रकार, कलाकारले बाटो देखाउनु पर्ने बताए ।

चेतना संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला, मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारी लगायत विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिको सहभागिता थियो ।