धरान/शनिबार इटहरीमा अायाेजीत बिशेष कार्यक्रममा पाँच जाेडि दम्पतीलाइ सम्मान गरिएकाे छ । युपीएफकाे पिस एम्बास्टर ह्याप्पी डे सेलिब्रेसनकाे अवसरमा  इटहरी स्थित म्याट्रक्समा आयोजीत बिषेश समारोहमा पाँच जोडि दम्पतीहरुलाई बिषेश सम्मान गरिएको हाे।

युपीएफ सुनसरीका प्रमुख सल्लाहकार राजकुमारको प्रमुख आतीत्थ्यमा सम्पन्न  कार्यक्रममा  सम्मानीत हुने हरुमा शान्ति दुत बलराम आचार्य,शान्तिदुत डम्बरकुमार तुम्बपो,गंगा कालिकोटे,मानबहादुर दियाली र रामबहादुर लिम्बु सिता लिम्बु्को को दम्पतीलाई शान्तिदुतहरुको तर्फबाट बिषेश सम्मान गरिएको थियो ।

कार्यक्रमका बरिष्ट अतिथी नाट्य क्षेत्रका ताइकुन गोपाल देवानले डा.सम्यङ मुनको दर्शन र बिचारलाई बुझन सके बिश्वमा  स्थाई शान्ति स्थापना गर्न सहयाेग पुग्ने बिचार ब्यक्ति गरेका थिए भने डम्बरकुमार तुम्बापोले युनीभर्सल पिस फ्रेडेरेशनको अभियानमा आफु सहभागि हुन पाएकोमा गौरबवान्भित भएको बिचार ब्यक्ति गरेका थिए । युपीएफ सुनसरीका अध्यक्ष बिक्रम श्रीले संस्थाले देश बिदेशमा गरेको कार्यप्रगती बिबरण प्रस्तुत गरेका थिए ।यसैगरि बिभिन्न क्षेत्रमा योगदान पु¥याएबाफत ९ जोडिलाई सम्मान गरिएको थियो भने दुर्इँ युथ एम्बास्टरहरुलाई प्रसंसा पत्रपनि प्रदान गरिएको थियो ।

दिवा भोज सहित आयोजना गरिएको कार्यक्रममा पिस एम्बास्टर तथा युथ एम्बास्टरहरुले सांस्कृतीक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।कार्यक्रम शिक्षिका तथा कलाकार पनिता तामाङ याक्खाले कार्यक्रम सञ्चालन गरेकी थिईन भने पुस्कर थापाले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा उपस्थित बिषेश अतिथी तथा अतिथीहरुलाई कार्यक्रमका अध्यक्ष बिक्रम श्रीले मायाको चिनो प्रदान गरेका थिए ।