तरहरा / स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको आन्दोलनले सेवाग्राहीहरु मर्कामा परेको छन । सरकारले स्थानीय तह सञ्चालनका लागि कर्मचारी व्यवस्थापन गर्दा स्थानीय निकायमा कार्यरत कर्मचारीहरुलाई अन्याय हुने गरी व्यवस्था गर्न लागेको भन्दै स्थानीय निकायका कर्मचारीहरुले सुरु गरेको आन्दोलनका कारण नगर तथा उपमहानगरहरुमा सेवा लिन पुगेका कर्मचारीहरुले सास्ती भोग्नु परेको छ ।

स्थानीय निकाय संयुक्त ट्रेड युनियन आन्दोलन परिचालन समन्वयन समितिको संयोजनमा देशभरीका स्थानीय निकायमा कार्यरत कर्मचारीलेको आन्दोलन गदै आएका छन । शुत्रवार स्थानीय निकायका कर्मचारीहरु कार्यलय पुगे पनि १ वजे भन्दा अगाडी काम नगर्दा सेवाग्राहीहरु घण्टौ सम्म एक कहिले बज्ला भन्दै वस्न बाध्य भएका थिए । इटहरी उपमहानगरपालीकामा विहानै छोराको नागरीकता सिफारिस गर्ने पुगेका इटहरी २५ का सुसान खत्रीले ३ घण्टा सम्म वडा कार्यलयमै वस्नु परेको गुनासो सुनाए । खत्रीमात्र हैन अधिकांस सेवाग्राही एक वजेको पर्खाईमा वस्न वाध्य भएका थिए ।

यता नेपाल नगरपालीका कर्मचारी एसोसियसनका केन्द्रिय उपाध्यक्ष संजिवकुमार खड्काले भने कर्मचारीहरुको मागमा सरकारको ध्यानाकर्षणका लागि पेन डाउन गर्ने कार्यक्रम विहिवारबाट सुरु भएको वताए । उनले भने फागुन १ गते देशभरीका स्थानीय निकाय ठप्प हुदै छ । स्थानीय तह सञ्चालनका लागि आवश्यक कर्मचारी व्यवस्थापनमा स्थानीय निकायमा कार्यरत कर्मचारीलाई पहिलो प्राथमिकता दिनुपर्ने हाम्रो माग हो उनले भने ।

स्थानीय तहको संरचनामा कर्मचारी व्यवस्थापन र कर्मचारी समायोजन गर्दा स्थानीय निकाहरु महा÷उपमहा÷नगरपालिका तथा गाउँ विकास समितिको कार्यालयमा कार्यरत कर्मचारीहरुलाई प्राथमिकता राखी व्यवस्थापन र समायोजन गरी नपुग जनशक्ति मात्रै निजमाती सेवाबाट पठाईने व्यवस्था गरिनुपर्ने, दक्ष एवं क्षमतावान कर्मचारीहरुलाई प्रदेश तथा संघीय सरकारका माथिल्ला पदहरुमा हुने प्रतियोगितामा सहभगि हुने अवसर खुल्ला गरिनुपर्ने, माग राख्दै चरणवद्ध आन्दोलित भईरहेको नगरपालीका कर्मचारी एसोसियसन पूर्वाअञ्चल संयोजक पुण्य ढकालले वताए ।कर्मचारीहरुको माग पुरा नभए अत्यावश्यक सेवा बाहेक स्थानीय निकायका अन्य सबै सेवाहरु अनिश्तिकालीन रुपमा बन्द गरी स्थानीय निकायमा कार्यरत कार्यालय प्रमुखहरुलाई मन्त्रालय फिर्ता पठाउने लगायतका सशक्त आन्दोलनका कार्यक्रमहरु संचालन गर्ने पूर्वाअञ्चल संयोजक ढकालले वताए । जिल्लाविकास ,,गाउँपालीका,नगरपालीकाहहरु छन ।

स्थानीय निकाय कर्मचारी संघ,स्थानीय निकाय राष्ट्रिय कर्मचारी संघ,गाउ विकास कर्मचारी संघ लगायतका संघहरु आन्दोलनको कार्यक्रममा सहभागीता जनाउँदै आएका छन । स्थानिय निकायमा कार्यरत कर्मचारीहरुलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन र समायोजन गरि नपुग जनशक्ति मात्रै निजामती सेवाबाट आपुर्ति गर्नु पर्ने, कर्मचारीहरुको तह÷श्रेणी मिलान गर्दा जेष्ठता, योग्यता, एवं कार्य सम्पादनका आधारमा जिम्मेवारी प्रदान गर्दै दोहोरो कर्मचारी तन्त्र रहने व्यवस्थाको अन्त्य गरिनुपर्ने माग कर्मचारी नेताहरुले राखेका छन ।

प्रदेश तथा संघीय सरकारको माथिल्लो पदहरुमा हुने प्रतियोगितामा सहभागी हुने अवसर खुल्ला गरिनुपर्ने, सम्पूर्ण दरबन्दीहरु लाई प्रदेशस्तरमा एकीकृत तथा एकत्रित गरी निश्चित प्रणालीका आधारमा पदस्थापन र सरुवा गर्ने व्यवस्था गरिनुपर्ने, लगायतका मागहरु राखेका छन ।