काठमाडौँ/१२ वैशाख ०७२ को विनाशकारी भूकम्पमा परी मृत्यु भएका ३२ जनाको सनाखत हुन बाँकी रहेको खबर , आजको नयाँ पत्रिकामा खबर छ । ३२ शव त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको फरेन्सिक मेडिसिन विभागअगाडिको जग्गामा गाडिएको छ । सबै शव व्यवस्थित रूपमा गाडिएको फरेन्सिक मेडिसिन विभागका प्राध्यापक डा. हरिहर वस्तीले बताए । कुनै पनि समयमा आफन्तहरू शव खोज्न आए दिन मिल्ने गरी गाडिएको उनको भनाइ छ । ‘भूकम्प आएपछि महिनौँसम्म विभागभित्र छिरिसक्नु थिएन । जताततै शव थिए । विभागवरिपरि दुर्गन्धित थियो,’ डा. वस्तीले भने, ‘सनाखत हुन नसकेका शव व्यवस्थापन गर्न कठिनाइ भएका कारण भुकम्प गएको लगभग ११ महिनापछि अर्थात चैत ५ गते व्यवस्थित रूपले गाडिएको हो ।’ sub-625x405 यसरी गाडिएका छन् शव अंग्रेजी अक्षरको एल आकार बनाएर प्रत्येक खाडल पाँच फिट गहिरो खनिएको छ । गाड्दा एक शवले अर्को शवलाई छोएको छैन । १६ शव ठाडो लाइनमा र १६ शव तेर्सो लाइनमा राखेर गाडिएको छ । हरेक शवसँगै फलामको नम्बर प्लेट राखिएको छ । सहजै पहिचान गर्न जमिनमाथि पनि नम्बर प्लेट राखिएको छ ।