Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /सिनेमा
सिनेमा

पर्यटन प्रवद्र्धनका लागि घलेगाउँबाट पाठ सिक्नुपर्छ : राष्ट्रपति भण्डारी

ब ब्लाष्ट खबर माघ २२, २०७३ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
पर्यटन प्रवद्र्धनका लागि घलेगाउँबाट पाठ सिक्नुपर्छ : राष्ट्रपति भण्डारी
/fi6«klt ljBfb]jL e08f/L ko{6sLo:yn ndh'ªsf] 3n]ufpFdf lgdf{0f ul/Psf] ko{6sLo ;ªu|xfnosf] pb3f6g sfo{qmdnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M;Gb]z kf}8]n, /f;;, ndh'ª

लमजुङ (बेँसीसहर)/ राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन प्रवद्र्धनका लागि मुलुकले घलेगाउँबाट पाठ सिक्नुपर्ने बताएका छन् । आज लमजुङको घलेगाउँमा निर्माण भएको पर्यटकीय सङ्ग्रहालय उद्घाटनका क्रममा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएका हुन् ।

“घलेगाउँ रैथाने पर्यटनको राजधानीका रुपमा चिनिएको छ ।” राष्ट्रपति भण्डारीले भने– “यहाँका भेडीगोठ, प्राकृतिक सम्पदा र संस्कृति, राडीपाखीलगायतका स्थानीय उत्पादनले पर्यटकको मन जितेको छ ।”

उनले दिगो कृषि प्रणालीमा ध्यान पु¥याई स्थानीयवासीको जीवनस्तर उकास्न सम्बन्धित पक्षले उचित ध्यान दिनुपर्नेमा जोड दिए । राष्ट्रपति भण्डारीले प्रसिद्ध अन्नपूर्ण पदमार्गका साथै यहाँका अन्य जलविद्युत्, जडीबुटी र कृषिका सम्भावनालाई प्रवद्र्धन गर्नुपर्ने बताए । नेपालको अर्थतन्त्रको आधारका रुपमा रहेका जलस्रोत, कृषि, पर्यटनका लागि सिङ्गो लमजुङ महत्वपूर्ण रहेको उहाँले बताए। सम्पदाको उचित प्रयोग गरी नेपालका युवाशक्तिलाई आफ्नै गाउँमा परिचालन गर्दै देश विकासको मूलबाटोमा अघि बढाउनु आवश्यक रहेको उनले बताए । राष्ट्रपति भण्डारीले गुरुङहरुको आदिम थलो लमजुङको घलेगाउँ सार्क राष्ट्रकै नमुना गाउँका रुपमा घोषणा हुनु गर्वको विषय भन्दै यहाँका उत्पादनलाई आधुनिकीकरण गरी व्यावसायिक र बजारीकरण गर्न सम्बन्धित पक्षलाई ध्यान दिन आग्रह गरे । सामाजिक विकृतिलाई हटाउन घलेगाउँमा सुरु गरिएको दलित बस्तीमा होमस्टे उदाहरणीय भएको भन्दै मध्यपहाडी लोकमार्ग लमजुङ भएर जाने हुनाले यहाँको पर्यटकीय सम्भावना अझै बढी रहेको धारणा व्यक्त गरे। घलेगाउँ ग्रामीण पर्यटन समितिका अध्यक्ष प्रेम घलेको अध्यक्षतामा भएको कार्यक्रममा सांसदद्वय टुकाभद्र हमाल र भीष्म अधिकारीलगायतको उपस्थिति रहेको थियो । राष्ट्रपतिको स्वागत सम्मानमा स्थानीय सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । सार्क राष्ट्रकै नमुना मानिएको घलेगाउँमा पर्यटकलाई थप आकर्षण गर्ने उद्देश्यले पर्यटकीय सङ्ग्रहालय निर्माण गरिएको हो । सङ्ग्रहालयमा स्थानीय गुरुङ संस्कृतिमा आधारित कला तथा वस्तुहरु निर्माण गरिएको छ । सङ्ग्रहालयमा गुरुङ संस्कारअन्तर्गत जन्मदेखि मृत्युसम्म प्रयोग गरिने विधि तथा सामग्री राखिएको छ । घलेगाउँमा वार्षिक ३० हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन् । प्राकृतिक दृश्यावलोकन, होमस्टे, स्थानीय चिया बगानसँगै यहाँको आतिथ्यता यहाँका मुख्य पर्यटकीय आकर्षण हुन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले बेँसीसहर–१३, चण्डिस्थानमा रहेको गङ्गा मिलन माध्यमिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको उद्घाटन गर्नुभएको थियो । सोही अवसरमा विद्यालयले ‘लमजुङको शिक्षाको वर्तमान अवस्था, अवसर, चुनौती र भावी रणनीति’ विषयक ज्ञापनपत्र राष्ट्रपतिसमक्ष बुझाएको थियो । रासस
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित
कार्तिक १२, २०८३
फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग
कार्तिक १२, २०८३
२५ लाखभन्दा बढीका अवैध सामान बरामद
कार्तिक १२, २०८३
छापा संस्करण [ePaper]
  1. चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित
    कार्तिक १२, २०८३
  2. फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग
    कार्तिक १२, २०८३
  3. २५ लाखभन्दा बढीका अवैध सामान बरामद
    कार्तिक १२, २०८३
  4. धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
    कार्तिक १२, २०८३
  5. तिहारमा करिब ५२ लाख माला खपत हुने अनुमान
    कार्तिक ११, २०८३
  6. कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर
    कार्तिक ११, २०८३
  7. सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
    कार्तिक ११, २०८३
  8. भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
    कार्तिक ११, २०८३
  9. नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
    कार्तिक ११, २०८३
  10. एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    कार्तिक ११, २०८३
  11. तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट
    कार्तिक ११, २०८३
  12. सुनको मूल्य बढ्यो: चाँदीको घट्यो
    कार्तिक ११, २०८३
  13. व्यवसायीको निधनले शोकमा वालिङ
    कार्तिक ११, २०८३
  14. भरुवा बन्दुकसहित एक जना पक्राउ
    कार्तिक ११, २०८३
  15. सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला
    कार्तिक ११, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड