बिर्तामोड/नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि खेलकुद क्षेत्रको विकास हुन आवश्यक रहेको बताए ।
झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आजदेखि सुरु भएको झापा गोल्डकप प्रतियोगिताको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । ओलीले खेल क्षेत्रको विकासका लागि सबै क्षेत्रको भूमिका उत्तिकै हुनुपर्नेमा जोड दिए ।
ढिलोगरी कार्यक्रमस्थल आर्इपुगेका र्ओलीले करिब तीन मिनेटमात्र सम्बोधन गरे। उनले खेलमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताए । मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताअन्तर्गत आज आयोजक झापा– ११ र भारतको शेर क्लब, कालिम्पोङबीच खेल भएको थियो ।
माघ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु सात लाख र उपविजेताले रु तीन लाख ५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा विदेशी एकसहित १० वटा टिमको सहभागिता रहेको आयोजक झापा गोल्डकपका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए ।
रासस