धरान/नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेका कुनैपनि नेता तथा कार्यकर्ता पैसामा नबिक्ने बताएका छन् । प्रेस चौतारी कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रियता जोगाउन र निर्वाचन गराउन वर्तमान सरकारले नसकेकाले बताउदै अहिलेको सरकार सरकार असफल भएको दाबि गरे
े, ‘यो सरकार निर्वाचन गर्न बनेको सरकार हो, तर निर्वाचनको तयारी समेत थालेको छैन, यसले निर्वाचनको लागि प्रमुख आवश्यक निर्वाचन कानुन नै दिन सकेको छैन, उनले भने अर्का्तिर राष्ट्रियताको मुद्दामा पनि सरकार कमजोर भएकाले यो अब असफल भइसक्यो ।’
आगामी माघ ७ गतेसम्ममा ३ तहको निर्वाचन हुन नसके देश नै असफल हुने खतरा औंल्याउँदै उनले कुनैपनि हालतमा निर्वाचन गरिनुपर्नेमा जोड दिए ।त्यसका लागि सबै दल मिलेर निर्वाचन कानून बनाउनुपर्ने र निर्वाचन आयोगलाई निर्वाचनको तयारी थाल्न निर्देशन दिनुपर्ने उनले बताए । निर्वाचन नगर्ने षडयन्त्र भइरहेको भन्दै नेता नेपालले त्यसलाई सबै मिलेर निस्तेज पार्नुपर्ने बताए ।
अहिले देशमा देखिएका समस्या नेपाली आफै समाधान गर्न सक्षम रहेको जिकिर गर्दै उनले नेपाल र नेपालीको स्वाभिमानमाथी हस्तक्षेप बढेको भन्दै यो कुनैपनि नेपालीलाई पाच्य नहुने बताए । उनले भने, ‘हाम्रो स्वाभिमानमाथी हस्तक्षेप बढ्दैछ, तर कसैले हामीलाई वशमा पार्न सक्दैन, किनकी हामी कहिल्यै कसैको शरणमा परेनौं, अहिलेपनि परेका छैनौं र कहिल्यै पर्दैनौं पनि ।’नेता नेपालले संविधान संशोधन असफल पार्ने दाबीसमेत गरे । संशोधनमा दुई तिहाई पुर्याउन केही शक्तिहरुले खल्तीमा पैसा बोकेर प्रभावमा पार्न खोजिरहेको आरोप लगाउँदै उनले आफ्ना नेताहरु पैसामा नबिक्ने भएकाले त्यो चलखेल सफल नहुने बताए ।