पाँचथर/संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेन मिराकले लिम्बुवान चुनाबमा जान तयार रहेको बताएका छन् । शनिबार फिदिममा संघीय लिम्बुवान मञ्च पाँचथरको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङदेनले संविधान शंसोधन गरेर चुनाबमा जान लिम्बुवान तयार रहेको बताए ।

‘संघीय लिम्बुवान मञ्च नेपाल सडक संघर्ष सँगै निर्बाचनको लागि समेत तयार छ’ लिङदेनले भने ।लिम्बुवान सहितको दश जोड एक प्रान्त प्राप्त नभएसम्म अहिलेको आन्दोलनले बिश्राम नलिने दोहो¥याउँदै लिङदेनले त्यसका लागि हिम्मत नहार्न कार्यकर्तालाई आग्रह गरे । लिङदेनले उद्घाटन गरेको अधिवेशन आइतबारसम्म चल्ने बताइएको छ ।

अधिवेशनको बन्द शत्रमा गाउँ कार्य समिति, क्षेत्र, इलाका, नगर र विभिन्न भातृ संगठनहरुबाट २ सय ७ जना प्रतिनिधि र १ सय ११ जना पर्यवेक्षकहरुको सहभागिता रहने संघीय लिम्बुवान मञ्च नेपाल पाँचथरका सचिव बिर्जहाङ आङदेम्बेले बताए ।