पाँचथर /पूर्व प्रधानसेनापति रुकमांगत कटुवालले गरीबि र अशिक्षाको फाइदा उठाउँदै प्रलोभन देखाएर धर्म परिवर्तन गराउँनेलाई दण्डित गर्नुपर्ने बताएका छन् ।

शनिबार फिदिममा राष्ट्रिय हिन्दू एकता मञ्च नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै कटुवालले धार्मिक तस्करी गर्नेलाई हदैसम्मको दण्ड दिन राज्य सँग माँग गरे ।

कटुवालले हिन्दू धर्म राष्ट्रको पहिचान भएकाले मुलुकलाई हिन्दू राज्य कायम गर्न सबै नेपाली लाग्नुपर्नेमा जोड दिए ।