काठमाडौँ/प्रमुख प्रतिपक्षी दल एमालेका नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रहेको आरोप लगाएका छन् ।रिपोर्टस क्लबले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासेठले भने, ‘यो सानोतिनो माछाको काम नै होइन, तस्करीमा स्वयम् गृह र अर्थमन्त्रालयको संलग्नता रहेको छ, अरुबाट यो काम हुनै सक्दैन ।’

नेता महासेठले सुन तस्करीबारे छानबिन गर्न सरकारले स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने मागसमेत गरे । ‘प्रधानमन्त्री प्रचण्डजीले सुनकाण्डबारे छानबिन गर्न सर्वोच्च अदालतका रिटायर्ड न्यायाधीश वा स्वतन्त्र मानवअधिकारकर्मीको नेतृत्वमा आयोग गठन गर्नुपर्छ’, उनले भने, ‘अहिले गृहमन्त्रालयमार्पmत् भइरहेको छानबिन नाटकमात्रै हो ।’उनले संविधान संशोधन विधेयक कुनै हालतमा पनि पारित नहुने ठोकुवा गरे । ‘स्वतन्त्र सांसद्सहित काङ्ग्रेस, माओवादी केन्द्र, गच्छदारजी र कमल थापाको पार्टी जम्मा हुँदा पनि यो प्रस्ताव पास हुने सम्भावना छैन ।’ नेता महासेठले भने ।

उनले संविधान संशोधन विधेयकको पक्षमा ३ सय ९८ पुग्ने सम्भावना नभएको जिकीर गरे । ‘अब जसरी पनि पु¥याउनको लागि त कि एमाले पार्टीलाई विभाजन गर्नुप¥यो, यो त सम्भावना नै छैन’, उनले भने, ‘सीपी मैनालीजी, चित्रबहादुरजी र नारायणमान बिजुक्छेजीलाई उता लानुप¥यो, त्यो पनि सम्भव छैन ।’संविधान संशोधन प्रस्ताव पारित हुनै नसक्ने बताउँदै नेता महासेठले चुनावको विकल्प नरहेको बताए ।

उनले सबै दल चुनावका लागि केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले एमालेको लोकप्रियता देखेर काङ्ग्रेसको नेतृत्वमा अहिले एमालेविरुद्ध मोर्चाबन्दी बनाउने काम भइरहेको समेत अरोप लगाए । उनले थपे, ‘एक्लाएक्लै दल चुनावमा गए भने एमालेले बहुमत ल्याउँछ भन्ने उनीहरूलाई लागेको छ, त्यसैले बाहिरी शक्तिको इशारामा एमाले भर्सेस काङ्ग्रेस–माओवादी केन्द्रको गठबन्धन बनाउने काम भइरहेको छ ।’