विजयपुर/सिन्धुलिका सुकदेब ठेकोर शनिबार एक हातमा प्लेकार्ड र अर्को हातमा फोहोर संकलन गरिएको बोरा बोकिरहेको अबस्थामा बुडाशुब्बा मन्दिर परिषरमा भेटिए ।‘धार्मिक स्थलहरु सफा राखि सभ्यताको परिचय दिउ’भन्ने कोटेशन लेखिएको प्लेकार्ड बोकेका उनी जस्ता ३ सय ६० जना बिद्यार्थीहरुले शनिबार धरानको पिण्डेश्वर,दन्तकालि र बुढाुसुब्बा मन्दिरको सरसफाई गरे।उनीहरुले सरसफाई मात्र गरेन मन्दिरमा आउने भक्त र पर्यटकहरुलाई सार्बजनिक स्थामा फोहोर कसरी फाल्ने भनेर सिकाई रहेका पनि थिए ।
शनिबार मन्दिर परिषरमा भेटिएका ३ सय ६० जना बिद्यार्थी नेपाली सेनाले सञ्चालन गरेको राष्ट्रिय सेवा दलका स्वेमसेवकहरु ह्ुन । दोलखा,सिन्धुली,रामेछाप,धनकुटा,इलाम,ताप्लेजुङ र पाँचथरका बिभिन्न बिद्यालयबाट राष्ट्रिय सेवा दलको तालिममा आएका उनीहरुले आफु,आफ्नो ब्यबाहार र समाजलाई कसरी सफा र सभ्य राख्ने भन्ने बिषयमा शनिबार निकै राम्रो अभ्यास गरेका थिए ।इलामको आदर्श उच्च माबिकी प्रिती राईले पनि राष्ट्रिय सेवा दलको तालिममा सहभागि भएपछि हामी हरेक नागरिकले एक हातामा राष्ट्रको र अर्को हातमा नागरिकको जिम्मेवारी बहन गर्नु पर्ने कुरा सिकेको बताईन । उदाहरण दिदै उनले भनिन् ‘यो मन्दिर सफाई गर्ने हाम्रो जिम्मेवारी हो भने फोहोर गर्नु हुदैन भनेर अरुलाई बुझाउनु पनि हाम्रो जिम्मेवारी हो ,त्यसैले हामी सन्देश दिदै सफाई गरिरहेका छौं ।बुढाशुब्बा मन्दिर परिषरमा आफ्नो भाकल बुझाउन आएका इटहरीका मनोज कार्कीले राष्ट्रिय सेवा दलले सिकाई रहेका कार्यहरु हरेक नागरिकले सिक्नुपर्ने बताए ।आजकाल बिद्यार्थीहरु किताबमा मात्र सिमित छन्,यसरी अहिलेदेखिनै समाज र राष्ट्रप्रति आफ्नो जिम्मेवारी सिकाउने हो भने सभ्य समाज रअसल नागरिक बन्ने उनको भनाई छ ।
एक निजी बिद्यालयमा नेपाली बिषय पढाउने उनले सभ्य समाज र असल नागरिक बनाउने राष्ट्रिय सेवा दलको अभियानलाई देशब्यापि बनाउनु पर्ने सुझाब दिए । सिन्धुलीको भगवती उच्च माबिकी छात्रा आयुस्मा थापाका बुबा रुद्रबहादुर उपाध्याय पनि मन्दिर परिसरमा भेटिए ।‘मेरी छोरीको कार्य देखेर धेरै खुसि भएको छु उनले भने ‘हामीले त आफ्ना छोरा छोरीलाई किताबमात्र पढाउदा रहेछौ,समाज त पढाएकै रहेनछौं ।
नेपाली सेनाका मेजर आदित्य कार्किले अनुशासित, कर्तव्यनिष्ठ र देशभक्त नागरिक बनाउने राष्ट्रिय सेवा दलको उद्देश्य रहेको बताए । यो तालिममा हामिले अनुशासन,कर्तब्य पालना,बिपत ब्यबस्थापन,आफ्मा सुरक्षा जस्ता बिषयमा तालिम र शिक्षा दिएका हुन्छौं कार्किले भने ।‘यसको तालिम एक सय दिनको हुन्छ’ मेजर कार्किले भने तालिम लिएका विद्यार्थीको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जाने र जिल्ला प्रशासन कार्यालयबाट नै विद्यार्थीहरुलाई सक्रिय बनाइने व्यवस्था छ । मेजर कार्कीले पूर्वाञ्चल क्षेत्रको लागि मोरङको याङशिला, मध्यमाञ्चल क्षेत्रको लागि नवलपरासीको शक्तिखोर र पश्चिमाञ्चलका लागि बाँकेको कोहलपुरमा राष्ट्रिय सेवा दलको तालिमहरु सञ्चालन भइरहेको बताए ।
                    
        
                                        
                                                                                                
        































