- 
            Home
        
 
    
        - 
            पूर्व
        
 
    
        - 
            शिक्षासदन धार्मिक महोत्सवको लागि सचिवालय समिति गठन
        
 
    
                            
								शिक्षासदन धार्मिक महोत्सवको लागि सचिवालय समिति गठन                            	                            
                            
                            
                            
                                                                                                                                                                                                            
                            
                            
                            
                            
                            
                            
                            
                                                                                                                                                                                                                                धरान/धरानको शिक्षा सदन उच्चमाविमा फागुनको पहिलो साताबाट सुरु हुने ‘शिक्षासदन शैक्षिक तथा धार्मिक महोत्सव’ को तयारी तिब्रगतिमा अघि बढिरहेको छ । जसका लागि शुक्रबार विद्यालय परिषरमा योजना बैठक बसेको छ ।
फागुन ५ गतेदेखि १२ गतेसम्म आयोजना हुने महोत्सवको लागि ११ हजार एकसय ११ जना सदस्यीय मूल आयोजक समिति पुर्याउने तयारी स्वरुप ५१ सदस्यीय सचिवालय समिति गठन भएको विद्यालयका शिक्षक एवम् सचिवालय समितिका उपमहासचिव अशोक पोखरेलले बताए ।
सचिवालय समितिमा मूल समारोह समितिका अध्यक्ष श्यामबहादुर कटुवाल नै रहेका छन् । सह अध्यक्षमा पूर्वमेयर मनोजकुमार मेन्याङ्बो, अति बरिष्ठ उपाध्यक्षमा प्रदीप भण्डारी, महासचिवमा अमरबहादुर बस्ने, उप महासचिवमा अशोक पोखरेललगायत ५१ सदस्यीय समिति गठन गरिएको छ । यसलाई थप विस्तार गर्न सकिने उपमहासचिव पोखरेले बताए ।
सचिवालयमा उद्योगी, व्यवसायी, समाजसेवी, शिक्षाप्रेमी, पत्रकार र पूर्वविद्यार्थीहरुसमेत सम्मिलित गरिने छ । त्यस्तै शान्ति कलश सदस्यता अभियान उपसमितिको संयोजकमा यसोदा कायस्थ रहेकी छन् । प्रचार प्रसार उपसमिति गठन गर्ने निर्णय शुक्रबारको योजना बैठकले गरेको छ । प्रचार प्रसारमा अधिकांस पत्रकारहरुलाई समावेश गरिने तयारी गरिएको छ । त्यस्तै पूर्वविद्यार्थी संयोजन उपसमितिको संयोजकमा मनिष खड्गीलाई राखिएको छ ।
महोत्सवबाट संकलित रकम मध्ये केही भूकम्पबाट क्षतिग्रस्त बनेका विद्यालयहरुको लागि पुनर्निमाण गर्ने लक्ष्य राखेको छ । साताव्यापी महोत्सवलाई गोविन्दसरण महाराजले प्रवर्चन दिने छन् ।
महोत्सवलाई व्यापकता बनाउनको लागि पूर्वको विराटनगर, इटहरी र धरानका मूख्य चोकहरुमा होडिङ बोर्डहरु राखिने तयारी भइरहेको मूल आयोजक समितिले जनाएको छ । महोत्सवबाट संकलित रकमले सामुदायिक विद्यालयहरुमा एक नम्बर प्रदेशकै नमुना शैक्षिक संस्था निर्माण गरिने प्रधानाध्यापक एवम् सचिवालयका महासचिव अमरबहादुर बस्नेतले बताए ।