सप्तरी/सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म कुनै प्रकारको निर्वाचन गराउन नहुने बताएका छन् । rajendra mahato राजविराजस्थित प्रेस मञ्च सप्तरीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको सुदृढीकरणका लागि संविधानको कार्यान्वयन आवश्यक भएको तर संविधान संशोधन नगरीकन कार्यान्वयन हुन नसक्ने जनाउँदै संविधान संशोधन नभएसम्म मधेसीको समस्या समाधानसमेत नहुने बताए । रासस