धरान/नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङलाई काम गर्न देऊ भन्दै सर्वोच्च अदालत परिषरमा प्रदर्शन गरेका छन् ।

प्रदर्शन गरेको आरोपमा प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ । नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजको माग गर्दै उनीहरुले प्रदर्शन गरेका छन् ।
खार्पाचोक युवा क्लबको ब्यानरमा उत्रिएकाहरुले ‘सर्वोच्चको आन्तरिम आदेश खारेज गर’, ‘१८ घन्टा लोडसेडिङ गर्नेलाई कारबाही गर’ जस्ता नाराबाजी गरेका थिए ।
माइतीघरमा जम्मा भएका उनीहरु अदालततर्फ अघि बढ्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।