shree-prasad-jabegu-2विजयपुर/सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगूले सहमतिका आधारमा सबै तहका निर्वाचन गर्न सरकार तयार रहेको बताएका छन् ।

प्रेस सेन्टर, सुनसरीले सोमबार धरानमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सबै दलको सहमतिमा सबै तहका निर्वाचन सम्पन्न गर्ने सरकारको नीति रहेको बताए । संसद्को अवरोध हटाएर संविधान संशोधनको विषय टुङ्ग्याउँदै निर्वाचन गराउने गरी सबै दल जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने उनको भनाइ छ ।

स्थानीय निकाय पुनर्संरचना आयोगले तयार पारेको प्रतिवेदनका विषयमा अन्तिम छलफल भइरहेको बताउँदै मन्त्री जबेगूले प्रतिवेदन सरकारले चाँडै बुभ्mने जनाए । ‘यो सरकार संविधान र सङ्घीयता कार्यान्वयन तथा निर्वाचन र सुशासन कायम गर्ने उद्देश्यले निर्माण भएकोले सरकार आप्mनो उद्देश्यप्रति दृढ छ ।’

उनले भने । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू अइन्द्रविक्रम बेघा, चोत्लुङ, पत्रकार महासङ्घका सुनसरी अध्यक्ष केशव घिमिरेलगायत उपस्थित थिए । प्रेस सेन्टर, सुनसरीका वरिष्ठ उपाध्यक्ष गोविन्द बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव तीर्थ कार्कीले सञ्चालन गरेका थिए ।