काठमाडौं/मधेशी मोर्चाका शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । [caption id="attachment_19031" align="alignnone" width="650"]madesi morcha फाइल तस्बिर[/caption] प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको भेटवार्तामा संविधान संसोधनपछि मात्रै निर्वाचनमा अघि बढ्नु पर्ने शीर्षनेताहरुको आग्रह थियो । उनीहरुले स्थानीय निर्वाचन, संसदको गतिरोधलगायतका विषय छलफल चलेको थियो । व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन सम्बन्धि प्रस्ताव अघि बढाउने र मधेशी मोर्चा स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा जाने सहमति भएको बताइएको छ । बैठकले संसदमा दर्ता संशोधन प्रस्ताव अघि बढाएर निर्वाचन सम्बन्धि कार्यतालिका निश्चित गर्ने समझदारी गरेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव लगायतका नेताहरु सहभागि थिए ।