aagoधरान /शुक्रबार नयाँ बानेश्वरमा सरकारी गाडीमा जलाउनेहरु युवा सघंका कार्यकर्ता भएको तथ्य खुलेको छ । सामाजिक सञ्जाल र बिभिन्न अनलाईन सञ्चारमाध्यमहरुले युवा सघंले नै आगजनी गरेको प्रमाणहरु सार्बजनिक गरेका छन् ।

बानेश्वरको अल्फाबिटा अगाडि आज दिउँसो बा २ झ १३९२ नम्बरको सरकारी गाडीमा आगजनी भएको थियो ।बानेश्वरमा युवा संघले विरोध र्याली आयोजना गरेको थियो । विरोध र्यालीमा सहभागीहरुले नै गाडीमा आगजनी गरेको प्रहरीको भनाई छ ।युवा संघका प्रवक्ता प्रभात विक्रम कटुवालले भने आफूहरुले आगजनी नगरेको बताएका छन् ।

उनले युवा सघंको कार्यक्रममा घुसपैठ भएको बताएका छन् ।युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि कोहलपुरमा बिहिबार साँझ खुकुरी प्रहार भएको विरोधमा संगठनले विरोध र्यालीको आयोजना गरेको थियो ।

यसअघि युवा संघ नेपाल रुपन्देही अध्यक्ष दुर्गा प्रसाद तिवारीको पनि गोली हानी हत्या गरिएको थियो । आफ्ना नेता तथा कार्यकर्तामाथि लगातार आक्रमण भएपछि युवा सघंले बिरोध ¥याली निकालेको थियो ।