bal bibahaसप्तरी/ सप्तरीको छिन्नमस्तालाई बुधबार जिल्लामै पहिलो बालविवाहमुक्त गाविस घोषणा गरिएको छ । जिल्लाको छिन्नमस्ता–४ गोविन्दपुरमा बुधबार एक कार्यक्रम गरी गाविन्दपुर बालबिवाहमुक्त वडा घोषणा गएिको हो ।स्थानीयवासीका अनुसार वडा नं ४ मात्र बालविवाहमुक्त घोषणा गरिएको बताइएको छ ।

गाविस कार्यालय छिन्नमस्ताको सहयोग तथा गाउँ बाल संरक्षण समितिको आयोजकमा सम्पन्न भएको कार्यक्रममा वक्ताले यो वडामा मात्र होइन कि जिल्लाभरि नै बालविवाहमुक्त हुनुपर्नेमा जोड दिएका छन् ।साथै बालबिवाह गर्नु सामाजिक अपराध हो भन्दै अब सबै मिलेर बालविवाह हुनबाट रोक्नुपर्ने वक्ताले आप्mनो तर्क दिएका छन् । गाविस सचिव सत्यनारायणलाल यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा गाउँ बाल संरक्षण समिति छिन्नमस्ताका संयोजक प्रभुनारायण यादवको अध्यक्षता रहेको थियो ।

उक्त कार्यक्रममा विशिष्ट अतिथि सद्भावना पार्टीका केन्द्रीय सदस्य एवम् निवर्तमान अध्यक्ष सत्यनारायण यादव, महिला तथा बालबालिका कार्यालयका नियमित कार्यालय प्रमुख भावना घिमिरे, जिल्ला बाल कल्याण समितिका अधिकृत पुनम चौधरी, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजकद्वय उमेशकुमार गुप्ता र इन्द्रबहादुर हायु, सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपालप्रसाद चौधरीलगायतको उपस्थिति थिए ।

यसैबीच समुदाय विद्यालयका शिक्षकलाई पिटी तथा प्रार्थनासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम यहाँ सम्पन भएको छ । जिल्लाको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको परिसरमा सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले आयोजना गरेको एकदिने अभिमुखीकरण कार्यक्रममा राजविराज तथा तिलाठी स्रोत केन्द्रका ४० जना सामुदायिक विद्यालयका शिक्षकको सहभागिता रहेको शिक्षकलाई पिटी र प्रार्थना सिकाइएको सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपालप्रसाद चौधरीले बताए ।