धरान/सेवक अभियान धरान र लायन्स क्लव अफ दन्तकालीले अपाङ्ग असहाय वृद्धवृद्धालाई शनिबार कम्बल वितरण गरेको छ ।

सेवक अभियानले धरान–४ स्थित पुनारो हस्पिटलमा एक कार्यक्रम गर्दै धरानको १७ नम्बर वडाका असहाय, अनाथ, अपाङ बालबालिका तथा वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरेको हो । सेवक अभियानका अभियन्ता राजिव हलुवाईका अनुसार एक लाख १० हजार रुपैया बराबरको कम्बल वितरण गरिएको हो ।
विभिन्न दाताहरुबाट संकलन गरिएको कम्बल दाताहरुकै हातबाट हस्तान्तरण गरिएको उनले बताए । त्यस्तै लायन्स क्लवले पनि अनाथ, अपाङ, असहायहरुलाई ५० थान कम्बल वितरण गरेको छ । दन्तकालीकी अध्यक्ष विष्णुमाया राई तथा सप्तकोशी आश्रम चतराका अध्यक्ष भवानीसंकर ढुंगेलले संयुक्त रुपमा कम्बल वितरण गरेका थिए ।