धरान / शनिबार आफ्नै साथीको बिभत्स हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।पक्राउपर्नेहरु मृतककै साथीहरु भएको प्रहरीको दाबि छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार लागूऔषध प्रयोग गरेको झोँकमा युवाहरुको समुहले धारिलो हतियारले घाँटी रेटेर शनिबार आफ्नै निकट साथीको वीभत्स हत्या गरेका हन् ।
धरान–५ मा डेरा गरी बस्ने विकु भनिने विकास राजवंशीको घाँटी रेटेपछि ढुङ्गाले अनुहार किचिएको अबस्थामा धरान –१५ स्थित चुम्लुङ हिम अगाडि लाश भेटिएको थियो । उनीहरूले शुक्रबार र शनिबार रातभर लागूऔषध प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको धरानका डीएसपी ढकेन्द्र खतिवडाले बताए । प्रहरी स्रोतमामार्फत प्राप्त जानकारीअनुसार राजबशींको हत्याको अभियोगमा धरान–७ शान्ति पथका आरोहण भनिने सौरभ राई, दीप तामाङ, भोजपुर घर भई हाल धरान–८ भोटेपुलका आयुप चौधरी र धरान–९ बगैँचालाइनका रोमन गुरुङ पक्राउ परेका छन् ।
बिकुकी दिदीमार्फत शवको पहिचान गरिएको थियो । मोरङ घर भए पनि राजवंशी परिवार ३० वर्षदेखि धरान–५ मा बसिरहेको डीएसपी खतिवडाले बताए । उनी लागूऔषध प्रयोगकर्ता रहेको उनकी दिदीले समेत पुष्टि गरेको डीएसपी खतिवडाले बताए । खराब मान्छेहरुसँग सङ्गत नगर्न आफ्नो भाइलाई धेरैपटक सम्झाएको बयान दिदीले दिएको उनले बताए । हत्या शनिबार बिहान ३–४ बजेको आसपास भएको प्रहरीले बताएको छ ।मृतक राजवंशीका साथबाट नाइट्रोजन नामक लागूऔषध फेला परेको प्रहरीले बताएको छ भने घटनास्थल वरिपर डेन्ड्राइट फेला परेको थियो । प्रहरीले घटना भएको करीब ६ घण्टापछि तीनजनालाई र एकजनालाई साढे ६ घण्टापछि नियन्त्रणमा लिएको थियो ।
यो घटनासँग सम्बधित अघिल्ला समाचरहरु