काठमाडौं / सरकारले आइतबार क्रिसमसको अवसरमा सार्वजनिक बिदा दिएको छ । क्रिश्चियनहरुको चर्को दबाबपछि सरकारले क्रिसमसको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले शनिबार मन्त्रिस्तरीय निर्णयबाट क्रिसमसको अवसरमा भोली सार्वजनिक बिदा तय गरिएको जानकारी दिए । तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार छँदै सरकारी क्यालेन्डर बनाउने क्रममा क्रिसमसको बिदा क्रिस्चियन धर्मावलम्बीहरुका लागि मात्र दिने निर्णय गरेको थियो । विश्वभरका क्रिस्चियन धर्मावलम्बीहरुले इसा मसिहा अथवा जिसस क्राइस्टको जन्म दिन पारेर हरेक वर्ष २५ डिसेम्बरका दिन क्रिसमस मनाउँदै आएका छन् ।