दमक । पूर्व राजा ज्ञानेन्द्र शाहको स्वामित्वको झापा दमकको हिमालयन महालक्ष्मी चियावगानमा कार्यरत एक चिया मजदुरको मृत्युले चियाबगान क्षेत्र तनावग्रस्त बनेको छ ।

शुक्रबार चिया टिप्ने क्रममा एक्कासी बेहोस् भएर उनको मृत्यु भएको थियो । उक्त मृत्युलाई लिएर चिया बगानमा कार्यरत मजदुरहरुले आन्दोलन थालेका छन् । मृत्यु हुनेमा दमक–१५ कि ४३ बर्षिया राजकुमारी सुनुवारको रहेकी छन् । उनको उपचारमा लिएर जाने क्रममा मृत्यु भएको छन् । मृतक सुनुवारको उर्लाबारी स्थित मंगलबारे अस्पतालमा पोष्टमार्ट गरिएको छ ।
चिया बगान प्रशासनले मृतकको परिवारलाई आवश्यक क्षतिपूर्ती दिन आनाकानी गरेको भन्दै चिया मजदुरहरुले उद्योगका हाताभित्रै शव राखेर प्रदर्शन गरेका हुन् । क्षतीपुर्ति नपाए सम्म शव नउठाउने उनीहरुले बताएका छन् ।
बगानमा कार्यरत मजदुरहरुले आन्दोलन संर्घष समिति गठन गरेर उद्योग अघिल्तिर धर्ना दिएका छन् । संर्घष समितिका संयोजक नरेन्द्र सुनुवारले ६ लाख रुपैयाँ क्षतीपुर्ति माग गरेको बताए । उक्त माग पूरा नगरे आफूहरु आन्दोलन नराक्ने उनले बताएका छन् ।
बगानका निमित्त ब्यवस्थापक खगेन्द्र श्रेष्ठले भने यस विषयमा आफुले माथिल्लो निकायमा कुरा गरिरहेको बताउदै श्रम ऐनमा उल्लेख भए बमोजिमको राहत उपलब्ध हुने बताए ।