jesतरहरा/विधिको शासन र व्यक्तित्व विकासको उद्देश्य लिएर स्थापना भएको जेसीज अहिले विवादमा फँसेको छ । काठमाडौँमा भर्खरै भएको जेसीजको ४३ औँ महाधिवेशनमा धाँधली भएको भन्दै काठमाडौँको जिल्ला प्रशासनले विवाद नसुल्झिएसम्म कुनै गतिविधि नगर्न जेसीजलाई पत्राचार गरेको छ ।जेसीजको राष्ट्रिय महाधिवेशन गत मङ्सिर २५ गतेदेखि धापासीमा भएको थियो ।

राष्ट्रिय अध्यक्षका उम्मेदवार धरानका विष्णु बरालले निर्वाचनमा धाँधली भएको बताउँदै जिल्ला प्रशासन कार्यालयमा हालेको उजुरीपछि प्रशासनले जेसीजलाई पत्र नै पठाएर पदभार तथा शपथको कार्यक्रम नगर्न निर्देशन दिएको हो । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत महेशकुमार दाहालद्वारा हस्ताक्षरित सो पत्र गत आइतबार जेसीजलाई पठाइएको हो । प्रशासनले निर्वाचन अधिकृतसँग पनि पुस ९ गते (आज) भित्र नै लिखित जवाफ मागेको छ ।

मतदान शुरु हुनुअघि १२३५ मतपत्र वितरण भएको मुचुल्का गरिए पनि अन्तिम परिणाममा १२८४ मतपत्र गनिएकाले निर्वाचनमा धाँधली भएको प्रष्ट हुन् अध्यक्षका उम्मेदवार बरालले बताए । ‘म हारबाट अत्तालिएको हैन तर चुनावमा धाँधली भएकै हो ।’ उनले भने ।१८ वर्षदेखि ४० वर्षभित्रका युवाको संस्थालाई ४० वर्षभन्दा माथिकाहरुले सञ्चालन गर्न खोज्दा गत वर्ष पनि नेपाल जेसीज अन्तर्राष्ट्रिय कारवाहीमा परेको थियो । यस्ता बेथिति र विकृतिहरु नेपाल जेसीजमा थपिँदै गएको बरालको भनाइ छ ।