धरान/धुर्मुस–सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबासका मुसहर बस्तीमा एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेसँगै त्यहाँका मुहसर परिवारमा खुसी छाएको छ । [caption id="attachment_22075" align="alignnone" width="810"]musahar तस्बिर सहयाेगः अारके महताे[/caption] गासबासको अभाव झेलिरहेका उनीहरुले व्यवस्थित बस्तीको कल्पनासमेत नगरेको बेला फाउण्डेसनले निर्माण गरिदिने घोषणाले खुसी छाएको हो । उनीहरुले साँझ दीपावली गरेर खुसी साटेका छन् ।   त्यहाँका मुसहर परिवारले दिनाभद्री मन्दिरमा भेला भएर सामूहिक रुपमा दीप प्रज्वलन गरेर खुसी साटेका छन् । उक्त बस्ती दाउरा बेचेर जसोतसो गुजारा चलाउँदै आइरहेका छन् । उनीहरुले फाउण्डेसनप्रति आभार व्यक्त गर्नको लागि सामूहिक दीपप्रज्वलन गरिएको बताएका छन् । स्थानीय सञ्जय सदाले एकीकृत बस्ती निर्माणको लागि फाउण्डेसनले हाम्रो गाउँ छानेकोमा धेरै नै खुसी भएको बताए । हास्यकलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले बुधबार एक भिडियो मार्फत मुसहर बस्तीमा ४ करोड ८७ लाखको लागतमा ५० परिवारको लागि घर निर्माण गरिदिने घोषणा गरेका थिए । फाउण्डेसनले भूकम्पपीडितको लागि काभ्रे र सिन्धुपाल्चोकमा एकीकृत नमुना बस्ती बनाउँदै उदाहरणीय कार्य गरेका थिए । फाउण्डेसनको यो तेस्रो नमुना योजना हो । जसका लागि सहयोगी हातहरुलाई सहयोगको लागि अपेक्षा गरेका छन् ।