rellyविजयपुर/काभ्रेकी लक्ष्मी परियारको हत्यामा संलग्नलाई कारबाहि गर्न माग गर्दैै सोमबार धरानमा बिरोध ¥याली निकालिएको छ ।

काभ्रे सानो वाङथली–७ की ३३ वर्षीया लक्ष्मी परियारलाई बोक्सीको आरोपमा स्थानीय शिक्षक हीरा लामाको नेतृत्वमा मङसिर २५ गते मृत्यु भएको थियो । उनलाई डोरीले बाँधेर मलमूत्र खुवाई निर्घात कुटपिट गरिएको अनुसन्धानबाट पुष्टि भएको छ ।

सयुक्त दलित संघर्ष समिती,महिला सञ्जाल धरान,दलित उत्थान समन्वय समिती धरान लागायतका बिभिन्न संस्थाहरुले ¥यालीमा ऐक्यबद्धता जनाउदै ¥यालि निकालेका हुन् । बिभिन्न वडाका आमा समुह, राजनैतिक दलका भातृ संगठन,अधिकारबादी सघं संस्था लागायत ¥यालीमा सहभागि भएका थिए । महिला सञ्जाल धरानले प्रेश बिज्ञप्तिनै जारी गरेर लक्ष्मी परियारका हत्यारालाई तत्काल कारबाही गर्न माग गरेको छ ।महिला हिंसा बिरुद्धको अभियान चलिरहेकै बेला शिक्षक जस्तो ब्यक्तिको नेतृत्वमा एक असाहय महिलामाथि अमानबिय ब्यबाहार गरि हत्या गरिनु खेद जन्य भएको भन्दै समाजमा हुने यस्ता खाले घटना नियन्त्रण गर्न राज्य पक्षको ध्यानाकर्षण गराइएको महिला सञ्जाल धरानकी अध्यक्ष शीला बज्रचार्यले बताइन ।

सयुक्त दलित संघर्ष समिती समिती धरानका सचिब शेरबहादर परियारले देशमा लोकतन्त्र आएको आभाष हुन छाडेको बताएका छन् । जात तथा लिङगका आधारमा हुने सबैखाले अपराधिक घटना नियन्त्रण गर्न राज्य चुकेको भन्दै उनले नागरिकको बाच्न पाउने अधिकारको ग्यारेन्टि गर्न सरकारसँग माग गरे । लक्ष्मि परियारका हत्यारालाई हदै सम्मको कारबाही गर्न र समाजमा हुने यस्ता खाले घटनालाई पुर्ण रुपले नियन्त्रण गरि नागरिकको स्वतन्त्रपुर्वक बाच्न पाउने नैसर्गिक अधिकारको ग्यारेन्टी गर्न सरकारसँग माग गर्दछौ परियारले भने ।