rapबेलबारी  / नौ वर्षिया वालिकालाई करणी गरेको अभियोगमा मोरङको बेलबारी ३ निवासी ५५ वर्षिय भक्तबहादुर सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नो छोरी वलात्कृत भएको भन्दै वालिकाका बाबुले ईलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिए पछि उनी पक्राउ परेका हुन् । सुवेदीलाई पक्राउ गरि आईतवार जिल्ला अदालतमा म्याद थप गरेको छ । वालिकाको परिवार सुवेदीको घरमा भाडामा बस्दै आएका थिए । पीडित पक्षको जाहेरीमा वालिकामाथि पटक पटक वालिकालाई सुवेदीले करणी गरेको अभियोग लगाईएको छ । घटनाबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलबारीमा प्रहरी निरीक्षक मेघराज थापाले बताए । पीडितका बाबुले विहीवार प्रहरी समक्ष जाहेरी दिएको थियो । प्रहरीले सुवेदीलाई शनिवार पक्राउ गरेको हो । वालिकाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परिक्षण गरिएको निरीक्षक थापाले बताएका छन् ।