धरान /कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला अभियानमा अवरोध गर्ने विद्युत प्राधिकरणका तीन जना सञ्चालकहरुलाई सरकारले बर्खास्त गरेको छ ।
बर्खास्तमा पर्ने सञ्चालक समिती सदस्यहरुमा लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछाने रहेका छन् । उनीहरुलाई उर्जा मन्त्रालयले हटाएको हो । सञ्चालकत्रय अग्रवाल, मिश्र र लामिछानेलाई मन्त्रालयले स्पष्टिकरण सोधेको थियो ।स्पष्टिकरण चित्तबुझ्दो नभएको र राष्ट्रहितको काममा अवरोध पुर्याएको भन्दै उनीहरुलाई मन्त्रालयले पदबाट बर्खास्त गरेको हो ।
उर्जा मन्त्री जर्नाशन शर्माको निर्देशनमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशलाई लोड सेडिङ मुक्त बनाउ अभियान थालेका थिए । अभियान सुरु हुन साथ प्राधिकरणकै सञ्चालक सदस्यहरुको मिलेमतोमा बिद्युत चुहावट भएको तथ्य फेला परेको थियो ।