काठमाडौँ/लामो समयदेखि मुखको अर्बुद रोगको उपचार गराइरहनुभएका पर्यटन पत्रकार पुष्प थपलियाको उपचारका क्रममा आज ६८ वर्षका उमेरमा निधन भएको छ ।
गोरखा पर्यटनका संस्थापक अध्यक्षसमेत रहेका थपलियाको शिक्षण अस्पतालमा निधन भएको हो । उनको मुखकोे अर्बुद रोगको उपचारका क्रममा दुवै मिर्गौलाले समेत काम नगर्ने भएको थियो ।
पर्यटन पत्रकारितामा तीन दशकदेखि थपलिया नौ महिनादेखि उपचाररत थिए । सुरुमा मुखको अर्बुद रोगबाट पीडित भएपछि छ महिनासम्म भारतको मेदान्त अस्पतालमा उपचार गराएका थपलिया पछि डेढ महिनादेखि शिक्षण अस्पतालमा उपचाररत थिए ।
उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । रासस