धनकुटा/तेह्थुम जिल्लाको पुर्वि पहाडी प्रशासनिक केन्द्रको रुपमा रहेको आठराईको सक्रान्ति बजारमा शुक्रवार दिउँसो लागेको आगलागिबाट पिडित परिवारलाई सहयोग पु¥याउने उदेश्यले सनिवार धनकुटाको हिलेबजारमा ५८ हजार, ३ सय ३५ रुपयाँ नगद संकलन गरीएको छ ।
उद्योग बाणिज्य संघ धनकुटाको संयोजनमा नेपाल पत्रकार महासंघ, स्थानिय हान्ती समिति धनकुटा, आदिवासी जनजाति पत्रकार महासंघ धनकुटा, नेपाल रेडक्रस सोसाईटी हिले शाखा, हिले वजार व्यावस्थापन समित, होटल एशोसिएशन हिले, नागरिक समाज हिले लगाएत संघसस्थाहरुको पहलमा सनिवार ५८ हजार तीन सय ३५ रुपैंया रकम संकलन गरीएको उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले बताएका छन् ।
तेह्थुम जिल्लाको आठराई स्थित् संक्रान्ती वजारका अग्नी पिडितहरुको सहयोगार्थ आईतवार (आज) जिल्ला सदरमुकाम धनकुटा वजारमा आर्थिक सहयोग संकलन गर्ने उधोग वाणिज्य संघ धनकुटाका अधयक्ष उमेश घिमिरेले वताएका छन् ।
आर्यतवार जिल्ला सदरमुकाम धनकुटामा उठाएर अग्नी पीडित परिवार समक्ष तत्काल राहात पुग्ने गरी हस्तान्तरण गरीने स्थानिय शान्ति समिती धनकुटाका संयोजक लालचन्द्र गोङ्वा तामाङ्गले ब्लाष्टलाई बताए ।