डम्फु,खैजडी,झ्याम्टाले र्याली संगीतमय बनेको थियो । वीरेन्द्र क्याम्पस रंगीचंगी बनेको छ । पम्परतागत पोशाकमा सजिएका आदिवासी समुदायले कार्यक्रममा सौन्दर्यता थप्ने काम गरेका छन् । कार्यक्रमको उद्घाटन सत्र वीरेन्द्र बहुमुखी क्याम्पसमा भएकाे छ । बन्द सत्र नारायणगढस्थित नारायणी कला मन्दिरमा हुने महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्रकुमार कुमालले बताए । ‘पहिचान र अधिकार सहितको संघीयता आदिवासीको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान’ भन्ने नाराका साथ सुरु महाधिवेशनको प्रधानमन्त्री पुष्पकमल दाहालले प्रकृतिको पुजा गरेर उद्घाटन गरेका थिए ।
महाधिवेशनबाट संविधान संसोधनको सम्बन्धमा कसरी अगाडि बढ्ने भन्नेबारे ठोस निष्कर्ष निकालिने, विधान संसोधन हुने र नयाँ नेतृत्व चयनसँगै चितवन घोषणा पत्र जारी गर्दै महाधिवेशन सकिने अध्यक्ष कुमालले जानकारी दिए । महाधिवेशनमा सहभागिता जनाउन संघको ७१ जिल्लाका जिल्ला समन्वय परिषदबाट १/१ जना महिला/पुरुष प्रतिनिधि स्वयंसेवकको रुपमा आएका छन् । त्यस्तै मातृ संस्था अन्तर्गत रहेका २२ देशबाट १/१ जना प्रतिनिधि सहभागी छन् ।
चिचवन / नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशन शनिबारबाट चितवनमा सुरु भएको छ । हजारौंको सहभागिता रहेको र्याली नारायणि नदी पुलबाट सुरु भई नारायणगढको पूल्चोक, सहिद चोक, लायन्स चोक हुँदै कार्यक्रमस्थल वीरेन्द्र बहुमुखी क्याम्पसमा पुगेर टुंगिएको थियो । र्यालीमा विभिन्न समुदायले आफ्नो भेषभुषामा सजिएर नाच्दै गाउँदै कार्यक्रमस्थल पुगेका थिए । बालबालिकादेखि बृद्धबृद्धा सम्मको सहभागिता रहको थियो ।































