धरान/नेपालमै जन्मिएको भन्ने भूmटो कागजात पेश गरेर नेपाली नागरिकता लिएका भारतीय नागरिक सहिद अनवर अन्सारी विरुद्ध परेको निवेदनउपर अझसम्म कारबाही अघि बढेको छैन ।निवेदनमा उनी भारतमा जन्मिएको पुष्ट प्रमाणहरु पेश हुँदा समेत इलाका प्रहरी कार्यालय धरान तथा सम्बन्धित कार्यालयहरुले चासो नदिएका हुन् । जबकि सरकारी मुद्दा सम्बन्धी ऐन २०४९ को अनुसूचि १ मा नागरिकता सम्बन्धी मुद्दा प्रहरीले हेर्न सक्ने उल्लेख छ ।
हालसम्म इलाका प्रहरी कार्यालयले इलाका प्रशासन कार्यालयबाट सम्बन्धित कागजातको प्रतिलिपी माग्ने बाहेक केही गरेको छैन । झण्डै दुई साताअघि नै उजुरी परेपनि हालसम्म कारबाहीको प्रक्रिया सुस्त छ । इप्रका धरानका डिएसपी ढकेन्द्रप्रसाद खतिवडाले दुई दिनअघि बुधबार मात्रै सम्बन्धित जिल्ला प्रशासन कार्यालय सुनसरीमा पत्राचार गरेको बताए ।उता प्रमुख जिल्ला अधिकारीले पत्र आइपुगेको÷नपुगेको बारे आपूmलाई तत्काल जानकारीमा नआएको बताए । ‘२९ गते मुद्दाको चाप बढी थियो । त्यो भएर पनि मलाई थाहा नहुन सक्छ, बुझौंला’, उनले फोन सम्पर्कमा भने । प्रहरीलाई कारबाही गर्न सक्ने कानुनी अधिकार हुँदाहुँदै पनि प्रहरीले यो मुद्दालाई चासो नदिएको उजुरीकर्ताको गुनासो छ । यस विषयमा डिएसपी खतिवडा भन्छन्, ‘चासो नदिएको भन्ने लाग्न सक्छ । प्रक्रियामा जाँदा केही ढिलाइ मात्रै भएको हो ।’ भारतीय नागरिक अन्सारीले भूmटो विवरण पेश गरी २०६३ सालको नागरिकता टोलीमार्पmत् नागरिकता लिएका हुन् ।प्रहरीको जिम्मेवारी त्यत्तिमा मात्रै सकिँदैन ।
सरकारी मुद्दासम्बन्धी ऐन २०४९ को दफा ४ मा अपराधको सूचना प्राप्त गर्नेबित्तिकै तत्काल आरोपीलाई भाग्न÷उम्किन नदिने गरी पक्राउ गर्ने र सबुत प्रमाणहरु सङ्कलन गर्ने उल्लेख छ । नेपालको नागरिकता ऐन २०६३ को दफा १२ र १४ मा भूmठो विवरण पेश गरी नागरिकता लिएमा नागरिकता रद्दसँगै कारबाही हुने कानुनी प्रावधान छ । तर, उक्त दफासमेत नटेकी प्रहरीले कारबाही अघि बढाएको छैन । उक्त ऐनको २१ नम्बर दफामा भूmटो विवरण पेश गरी नागरिकता लिएको पाइए एक वर्षदेखि ५ वर्षसम्म जेल वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । सोही ऐनको २१ नम्बर दफाको २ नम्बर उपदफामा सनाखत गरी सिफारिस दिनेलाई ६ महिनादेखि ३ वर्ष कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । तत्कालीन समयमा उनी नेपालमै जन्मिएको भनी सिफारिस गर्ने धरान–३ का उनको ठूलो बुबा यार मोहम्मद, रामराज श्रेष्ठ र उमेश साह हुन् । यार मोहम्मदले नागरिकता दिलाउनको लागि मुख्य भूमिका खेलेका थिए । जबकि सहिद अनवरका अन्य दाजुभाइको नेपाली नागरिकता छैन । उनी करीब १७ वर्षयता नेपालमा आउजाउ गर्न थालेका व्यक्ति हुन् ।ब्लाष्टसँग प्राप्त प्रमाणहरुका आधारमा अन्सारी नेपालमा जन्मिएको कुनै प्रमाण देखिँदैन । त्यति मात्रै हैन, अन्सारी आपैंmले नै भारतीय नागरिकता आपूmसँग रहेको यसअघि नै बताएका थिए । कुनै पनि विदेशी नागरिकले नागरिकता लिएमा स्वतः आप्mनो देशको नागरिकता त्याग्नु पर्ने कानुनी प्रावधान छ । तर, हालसम्म उनले भारतीय नागरिकता त्यागको लागि पनि कुनै पहल गरेको देखिँदैन । उनले फोन सम्पर्कमा नागरिकता त्यागेको÷नत्यागेको बारे खुलेर भन्न सकेनन् । भूmटा कागजात पेश गरेर उनले नागरिकता दासमेत प्रहरीले कारबाहीको दायरामा ल्याउन सकेको छैन ।अन्सारीको हकमा अचम्मलाग्दो विषय के छ भने उनी नेपालमा २०३९ साल चार महिना ६ गते जन्मिएको भनेर उल्लेख छ ।
तर, परिवार गणना रजिष्टर नगर पञ्चायत लारवार्ड भरटोलिया (भारत) को वर्ष २००५÷०६ मा गरेको तथ्याङ्कमा उनी २१ वर्ष पुगेको भनी उल्लेख छ । त्यो आधारमा उनी सन् १९८५ मा जन्मिएको प्रमाणित हुन्छ ।पहिलो कुरा त भारतीय नागरिकले नेपाली नागरिकता लिन नपाउने प्रावधान रहेको प्रशासकहरु बताउँछन् । २०६३ साल फागुन ८ गते नागरिकता टोलीले दिएको नागरिकता नम्बर ४१० छ । नागरिकताको हकमा जिल्ला प्रशासनले कारबाही अघि बढाउनु पर्छ । तर, यहाँ भने प्रहरीले हालसम्म निवेदन नै नपठाएको कारण समस्या भइरहेको छ । कारबाही गर्ने बताउँदै आएपनि हालसम्म निवेदनसमेत दर्ता नगरेको पाइएको हो । पीडितका अनुसार अहिलेसम्म निवेदन नै दर्ता गरेको छैन ।