तेह्रथुम/तेह्रथुमको संक्रान्ती वजारमा भएको आगलागीमा परी ३२ वटा घर जलेर खरानी भएका छन् । आगलागबिाट ५६ परिवार विस्थापित भएका छन ।
अपरान्ह १२ वजे वाट शुरु भएको आगो वेलुका ४ बजे नियन्त्रणमा आएको थियो । आगलागिबाट करोडौ क्षति भएको स्थानीयवासी बाशु वरालले बताए । अग्नी सेडाईको घरवाट शुरु भएको आगलागीमा परी वद्री सेढाई, दिपेस सिटौला, अमृत गहतराज, सुर्य गुरुङ, नारायणी गुरङ, खड्ग आले, पुर्ण वहादुर आले, वुुद्धि गुरुङ, हिमलाल थापा, इन्द्र गौतम लगायतका ३२ घर जलेर खरानी भएको स्थानीय अमृत वास्तोलाले बताए ।
दमकल, स्थानीयवासी, नेपाली सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरीको सकृयतामा आगो नियन्त्रण गरेको प्रहरी नायव उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा जिल्ला दैवी प्रकोप उद्धार समितिको वैठक वसी अग्नी पिडितलाई सदरमुकामबाट शनिवार विहानै राहत सामग्री लिएर जाने, जिल्लामा भएका सरकारी कार्यालयका प्रमुखबाट ब्याक्तिगत २/२ हजार, दउराली सोेसाईटी र दलित सचेतना समाजले १०/१० हजार, जिल्ला विकास समिति राहतकोष बाट १० हजार, खाद्य पुरक्षाकोषबाट १० हजार सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताईन । आगलागी भैरहेको संक्रान्ती वजार सदरमुकाम म्याङलुङवाट एक दिनको पैलद दुरीमा पर्छ । आगलागीको कारण अझै खुल्न सकेको छैन् ।