तेह्रथुम / तेह्रथुमको संक्रान्ती वजारमा भएको आगलागीमा परी अहिले सम्म २१ वटा घर जलेका छन् । अपरान्ह १२ वजे वाट शुरु भएको आगो अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन् । स्थानिय अग्नी सेडाईको घरवाट शुरु भएको आगलागीमा परी वद्री सेढाई, दिपेस सिटौला, अमृत गहतराज, सुर्य गुरुङ,नारायणी गुरङ,
खड्ग आले, पुर्ण वहादुर आले, वुुद्धि गुरुङ , हिमलाल थापा, इन्द्र गौतम लगायतका २१ घर जलेर खरानी भएको स्थानिय अमृत वास्तोलाले वताए । हावा चलीरहेकाले आगो नियन्त्रणमा समस्या
भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । आगो नियन्त्रणका लागि भर्खरै पाँचथरको फिदिमवाट दमकल आईपुगेको स्थानिय श्री पाठकले वताए । अहिले दमकल, स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको भए पनि नियन्त्रण
मा आउन सकेको छैन् । वजारका अन्य घरमा आगो सल्कीन नदिन डोजर लगाएर घर भत्काउने कार्य भैरहेको छ । वजार क्षेत्रको सडक साँघुरो भएकाले डोजर र दमकल छिराउन समस्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आकस्मिक बैठक
आगलागि नियन्त्रणमा नआउदै अहिले आकस्मिक रुपमा जिल्ला प्र
शासन कार्यालयमा जिल्ला दैवी प्रकोप उद्धार समितिको वैठक वसेको छ । सवै प्रकारका संयन्त्र प्रयोग गरेर भए पनि आगो नियन्त्रणमा लिने र पिडीतलाई जतिसक्दो चाँडो कसरी राहत पु¥याउने भन्ने विषयमा छलफल भैरहेको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले वताईन । आगलागी भैरहेको सं
क्रान्ती वजार सदरमुकाम म्याङलुङवाट एक दिनको पैलद दुरीमा पर्छ । आगलागीको कारण अझै खुल्न सकेको छैन् ।