मलेखु (धादिङ)/पश्चिम नेपालबाट काठमाडौँतर्फ जाँदै गरेको पजेरो आज बिहान पृथ्वी राजमार्गको भूमेस्थान–६ कोइरालेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
ग २ च ४५७२ नम्बरकाे पजेरो गाडी पल्टिएर भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक एक महिला र दुई पुरुष रहेको र मृतकहरुको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
ट्याक्टरले किच्दा बालिकाको मृत्यु
बैतडीकाे अछाममा एक बालिकालार्इ ट्याक्टरले किच्दा मृत्यु भएको छ । मृत्यु हुनेमा धमाली–५ नारखोलाकी आठ वर्षीया मनिसा विक रहेको प्रहरी निरीक्षक गणेश महतले जानकारी दिए ।
बिहीबार कमलबजारबाट बेलखेततर्फ गइरहेको भे१त ७५०२ नं ट्याक्टरले नारखोला भन्ने स्थानमा पैदल हिँडिरहेकी बालिकालाई किच्दा घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक दैलेख घर भएका धनबहादुर विक फरार रहेको र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय कमलबजारले नियन्त्रणमा लिएको छ ।
बालिकाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा राखिएको छ । फरार चालकको खोजी जारी रहेको छ । रासस