goapl-kirati-8-001धरान /नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले स्थानिय निकायको निर्बाचन बहिष्कार गर्ने बताएका छन् । उनले पुरानै संरचनामा स्थानीय तहको निर्वाचन गरे बहिष्कार गर्ने भन्दै उनले पहिले स्थानिय तहको संरचना गर्न सरकारलाइ आग्रह गरेका छन् ।

बिहिबार बिराटनगरमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानिय निकायको पुर्नसंम्रचना नगरि पुरानै संम्रचनामा निर्बाचन गराए पार्टि भित्रबाट चुनाबको बहिस्कार हुने बताएका हुन् । आफ्नै दलको नेतृत्वको सरकार भएपनि पुरानो संम्रचनामा गराइने निर्बाचन आफुहरुलाई मान्य नहुने उनले बताए ।

प्रमुख तीन दलका शीर्ष नेताहरु पुरानै स्थानीय तहको चुनाव गर्न सहमति नजिक पुगेका बेला किरातीले षडयन्त्रको बाहक नबन्न प्रधानमन्त्रीलाई चेतावनी समेत दिए । माओवादीको एक नम्बर प्रदेश इन्चार्ज समेत रहेका किरातीले भने, ‘कांग्रेस, एमाले, राप्रपा र मधेस केन्द्रित दलहरु राजतन्त्रकालीन पुरानै संरचनामा स्थानीय तहको निर्वाचन गर्न उद्दत छन् ।

यसलाई कुनै हालतमा स्वीकार गर्न सकिँदैन ।’यदि पुरानै संरचनामा स्थानीय तहको निर्वाचन गरिए माओवादी केन्द्र १ नम्वर प्रदेशका नेता कार्यकर्ता निर्वाचनमा भाग नलिने उनले बताए । माओवादी नेता किरातीले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई प्रतिगमनकारी शक्तिलाई फाइदा पुग्ने षडयन्त्रको बाहक नबन्न खबरदारी गरे । उनले भने, ‘आम कार्यकर्ता र जनताको कुरा नसुन्ने हो भने हामी विद्रोह गर्न पनि तयार हुनेछौं ।