धरान/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपालको प्रथम सुनसरी जिल्ला अधिवेशनले पुनः अमर इजमको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

धरानमा बिहीबार सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा पदम खेवाङ्ग, उपाध्यक्षहरुमा रितेश लिम्बू, नरबहादुर लिम्बू, सरस्वती लिम्बू, इन्द्र कन्दङ्वा, दिलु सुब्बा, खगेन्द्र नेयोहाङ्ग, विजय साह, सन्तोष केदेम रहेका छन् । यस्तै सचिवहरुमा निर्मल राई, प्रतीक ओख्राबू, आशा लिम्बू, अर्थ स्रोत प्रमुख मित्रप्रसाद पतङ्वा, र अर्थ सचिवमा प्रकाश इधिङ्गोलगायत सदस्यहरु रहेका छन् ।
भानुचौकमा भएको उद्घाटन सभापछि धरान–१५ स्थित शिक्षा सदन सभाहलमा भएको बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको हो । असारको दोस्रो साता दमकमा सम्पन्न पार्टीको दोस्रो महाधिवेशनले मंसिर मसान्तसम्म जिल्ला तथा नगर अधिवेशन गर्ने निर्णय अनुरुप अधिवेशन सम्पन्न भएको अध्यक्ष इजमले बिहीबारको पत्रकार सम्मेलनमा बताए ।