[caption id="attachment_21524" align="alignleft" width="445"]pracganda-pro यो ग्राफ अनलाइनखबरले तयार पारेको हो ।[/caption]

धरान /बर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालका गरिब प्रधानमन्त्रीका रुपमा देखिएका छन् । बुधबार सरकारले प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्बजनिक गरेपछि यो तथ्य खुलेको हो । र, उनी पूर्वप्रधानमन्त्री सुशील कोइराला पछिकै नेपालका गरिब प्रधानमन्त्री देखिएका छन् ।

सरकारले सार्बजनिक गरेको सम्पती विबरणमा श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन बाहेक कुनै सम्पत्ति नभएको उल्लेख छ ।प्रधानमन्त्रीको परिवारको नाममा रहेको एक कट्ठा जमीन र तीन तोला सम्पत्ति पैतृक रहेको उक्त विवरणमा उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण बुधबार सार्वजनिक गरेको छ । प्रधानमन्त्रीको सम्पती विवरण सार्बजनिक भएपछि सामाजीक सञ्जालहरुमा ब्याङग्यात्मक टिप्पणीहरु हुन लागेका छन् । प्रधानमन्त्रीले सम्पती बिवरण पुर्ण रुपमा सार्बजनिक नगरेको आरोप टिप्पणीहरुमा उल्लेख छ ।