Ghanashyam_Bhusal-550x372बुटवल/ नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले सरकारले कुनैपनि प्रदेशको सीमाना हेरफेर गर्न नसक्ने बताएका छन् । रेडियो लुम्विनीको १८ औं वार्षिक साधारणसभा तथा अधिवेशनको आज रुपन्देहीको मणिग्राममा उद्घाटन गर्दै उनले भने – सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव पास नहुने निश्चित छ । उपमहासचिव भुसालले नेपालले दुई छिमेकी मुलुक चीन र भारतको आर्थिक विकासबाट लाभ लिन नसकेको बताए ।सामुदायिक रेडियोका अभियान्ता रघु मैनालीले रेडियोले आर्थिक, सामाजिकलगायत समाजका हरेक क्षेत्रमा सकारात्मक प्रभाव पार्नुपर्नेमा जोड दिए ।सो अबसरमा संस्थाका अध्यक्ष कृष्णप्रसाद अर्यालले रेडियोको भावी योजना समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रममा रेडियो कार्यरत कर्मचारी, ञ्चारकर्मीलगायत विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्तिलाई सम्मान गरिएको थियो । रासस