काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा समसामयिक राजनीति, संविधान कार्यान्वयन लगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटका क्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले प्रधानमन्त्रीलाई ६२ औंँ जन्मदिनको शुभकामना व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्रीले जन्मदिनको शुभकामना दिएकामा नेता वैद्यलाई धन्यवाद दिँदै समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयबारे अवगत गराएका थिए । रासस