Onsari-Gharti-Magar-750-696x385काठमाण्डौ/ शनिबार सभामुख ओनसरी घर्तीले संसदमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेकी छिन् ।

बालुवाटारमा भएको भेटवार्तामा सभामुख घर्तीले संसद निरन्तर अवरुद्ध भएकोले संसदका नियमित काम कारबाही अबरोध भएको भन्दै अबरोध खुलाउन पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेकी हुन् ।

प्रधामन्त्री प्रचण्डले राजनीतिकदलहरुबीच समस्या समाधानका लागि निरन्तर छलफल भइरहेकाले केही दिनमा निकाश निस्कनले विश्वास व्यक्त गरे ।

सरकारले संविधान संशोधन दर्ता गरेसँगै प्रमुख प्रतिपक्षी एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । जसलाई खुलाउन पहल गर्दै सभामुख घतीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग बिहीबार भेटवार्ता गरेकी थिइन् ।