ncधरान/ नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनमा सबै दलले सहयोग गरे मात्रै संविधान कार्यान्वयन गर्न सकिने बताएका छन् ।पार्टीको धरान नगर समितिले शुक्रबार आयोजना गरेको वार्षिक नगर भेलामा बोल्दै सभापति देउवाले संविधान संशोधनको विषयमा बखेडा नझिक्न एमालेलाई आग्रह गरे ।

उनले मधेश र पहाडको नाम लिएर एमालेका अध्यक्ष केपी शर्मा ओलीले बखेडा झिकेको आरोप लगाए । ‘ओलीजीले मधेशी र पहाडेबीच आपसी तिक्तता पैmलाउन खोज्नुभएको छ’, उनले भने, ‘मधेश, पहाड सबै नेपाल हो । यसका लागि सबै मिलेर अघि बढ्नु पर्छ ।’उनले स्थानीय, प्रान्तीय र सङ्घीय चुनावमा नेपाली काङ्ग्रेसले वर्चश्व कायम गर्नुपर्ने अवस्था आइपरेको बताए । नेपाली काङ्ग्रेसले वर्चश्व कायम गरेमात्रै राष्ट्रिय एकता र मेलमिलाप हुने उनले बताए ।

त्यसका लागि पार्टीभित्रै खुट्टा तानातानको स्थिति हटाउनु पर्ने उनको आग्रह थियो ।उनले धरानको विकासको लागि नेपाली काङ्ग्रेसको पहिलो सरकारदेखि अहिलेसम्म अघि बढिरहेको बताए । कार्यक्रमका केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, मिन बिक लगायतको उपस्थिति थियो ।कार्यक्रमको पूर्वसन्ध्यामा धरान–१२ स्थित पब्लिक उच्चमाविको प्राङ्गणबाट ¥याली निकालिएको थियो ।

¥याली छाताचौक, भानुचौक हुँदै कार्यक्रमस्थल सभागृह पुगेर सभामा परिणत भएको थियो । ¥याली हुँदा केही समय धरानको ट्राफिक व्यवस्थापनसमेत अस्तव्यस्त बनेको थियो । ¥यालीमा नेकाका हजारौं नेता, कार्यकर्ताको उपस्थिति थियो ।