धरान/ संसदको रेकर्डबाट ‘बहुलाहा कुकुर’ भन्ने शव्द हटाउन सभामुख ओनसरी घर्तीले रुलिङ गरेकी छन् । नेकपा मालेका महासचिव सीपी मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बहुलाहा कुकुरले टोकेको हो कि ? अभिब्यक्ति दिएका थिए ।
मैनालीले अभिब्यक्ति दिन साथ सत्तारुढ दलका संसदहरुले संसदमा आपत्ति जनाएका थिए । पछि सभामुख ओनसरी घर्तिमगरले संसदको रेकर्डवाट ‘बहुला कुकुर’ भन्ने शव्द हटाउन निर्देशन दिए पछि संसद पुन सुचारु भएको थियो ।
जनताहरु मिलेर बसेको समयमा सरकारले संविधान संशोधन मार्फत प्रदेश टुक्राउने निर्णय गरेको भन्दै मैनालीले आपत्ति जनाउने क्रममा प्रधानमन्त्रीलाई बहुलाहा कुकुरले टोेकेको हो कि भनेर प्रश्न गरेका थिए । सो शव्द संसदमा मर्यादा बिपरीत भएको भन्दै सभामुखले रेकर्डबाट हटाउन निर्देशन दिएकी हुन् ।