धरान/नेपाली कांग्रेस धरान नगरको वार्षिक नगर भेलाको क्रममा धरानमा शुक्रबार शक्ति प्रदर्शन गरेको छ । नगर भेलाको सम्बोधन गर्न पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा धरान आउँदै छन् ।
[caption id="attachment_20675" align="alignnone" width="1024"]

नगर भेलाकाे पूर्वसन्ध्यामा निकालिएकाे र्याली । तस्बिरहरुः उपेन्द्र चाम्लिङ[/caption]
नगर भेलालाई भव्य बनाउनको लागि पार्टीले धरान–१२ स्थित पब्लिक उच्चमाविको परिषरमा सहभागी हुन उर्दी जारी गरेको थियो । सो बमोजिम पार्टीका नगर, क्षेत्र तथा जिल्लाका पदाधिकारीहरुसहितको र्याली छाताचौक, भानुचौक हुँदै कार्यक्रम स्थल धरान–८ स्थित सभागृह पुगेको छ ।

र्यालीमा सयौं कार्यकर्ताहरु मोटरसाइकल, कार तथा पैदल सहभागी बनेका थिए । र्यालीका कारण कोशी लोकमार्ग अन्तर्गतको महेन्द्रपथदेखि भोटेपुल सम्म ट्राफिक व्यवस्थापनसमेत अस्तव्यस्त बनेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयको ट्राफिक भेइकल नै सडक खुलाउनको लागि र्यालीको अघि अघि सहभागी बनेको थियो ।

र्यालीले गर्दा करिव आधा घण्टा इटहरी तर्फबाट आउने गाडीहरु तथा पहाडी क्षेत्रबाट आउने गाडीहरु बीचमै रोकिएका थिए । र्यालीमा सहभागीहरु कार्यक्रम स्थल पुगेर सभामा परिणत भएका छन् ।