संखुवासभा/संखुवासभा जिल्लाबाट बुधबार दुई राज्यमन्त्रि भएका छन् । कांग्रेसबाट क्षेत्र नम्बर १ का प्रत्यक्ष निर्वािचत तारामान गुरुङ स्वास्थ्य र २ नम्बर क्षेत्रका प्रत्यक्ष निर्वािचत सांसद दिपक खड्का खानेपानी तथा सरसफाई राज्यमन्त्रि भएका हुन् । सोमबार संस्थापन, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई भाग लगाएर दश जना राज्यमन्त्रिको नाम सिफारिस गरिएको थियो ।
गुरुङको सिटौला पक्षबाट र खड्काको पौडेल पक्षबाट नाम सिफारिस भएको हो ।सङ्खुवासभा मकालु गाविसका गुरुङ २०४६ सालदेखि हालसम्म ४ पटक कांग्रेसका जिल्ला सभापति भएका थिए, भने विद्यार्थीकालदेखी नै कांग्रेसको सक्रिय कार्यकर्ताका रुपमा रहेका खड्का २०७० को संविधान सभाको निर्वाचनमा विजयी भएका थिए । गणतन्त्र स्थापना भएपछि जिल्लाबासीले पहिलो पटक मन्त्री पाएका हुन् । राज्यमन्त्रिको सपथ लिएपछि नवनियुक्त राज्यमन्त्रि गुरुङ र खड्काले आपm्नो पद जिम्मेवारी ढंगले निर्वाह गर्ने बताए । उनीहरुले जिल्लाको विकासमा उल्लेख्य योगदान गर्नेसमेत प्रतिबद्धता जनाए ।संखुवासभामा २०४३ सालमा पञ्चायतकालमा मादीमूलखर्कका धर्मबहादुर गुरुङ मन्त्री भएका थिए ।
गुरुङ मरिचमानसिह श्रेष्ठको मन्त्री परिषदको समयमा उद्योग सहायकमन्त्री भएका हुन् । ञ्चायतकालको १५ वर्षको अवधीमा संखुवासभाले ३ जना सहायक मन्त्रि पाएका थिए । चैनपुरका शंकरमानसिंह अधिकारी जिल्लाबाट मन्त्री हुने पहिलो व्यक्ति हुन् । उनी २०२८ सालमा राजा महेन्द्रद्वारा गठित मन्त्रीपरिषदमा उद्योग तथा सहायक मन्त्री भएका थिए । त्यसपछि उनकै काइला भाइ गोविन्दमानसिंह दोस्रो व्यक्तिका रुपमा मन्त्री भएका थिए ।
तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले २०३९ सालमा गोविन्दमानसिंहलाई शिक्षा तथा संस्कृति सहायकमन्त्री बनाएका थिए । मन्त्री पदमा बहाल रहेकै बेला उनको भोजपुरको सुन्तलेडाँडामा २०४१ सालमा भएको विमान दुर्घटनामा निधन भएको थियो ।करिव तीन दशक पछि जिल्लाले दुई जना राज्यमन्त्रि पाएकोमा सदरमुकाम खाँदबारी, चैनपुर का चौकहरु साथै पार्टी कार्यहरुमामा दिपावली गरीएको छ । मन्त्रि भएको खुसीयालीमा नेपाली काङ्ग्रेस खाँदबारीमा खसीयाली मनाएको छ ।