-
Home
-
राशिफल
-
माओवादी केन्द्रका केन्द्रीय सदस्य संशोधनको विपक्षमा
माओवादी केन्द्रका केन्द्रीय सदस्य संशोधनको विपक्षमा
- मंसिर १६, २०७३
- ब्लाष्ट खबर
काठमाडौँ/सरकारको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)का एक केन्द्रीय सदस्यले संविधान संशोधनको विरोधमा जनस्तरबाट भएका कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् ।
केन्द्रीय सदस्य आरसी न्यौपानेले संशोधनमार्फत् विवादित मुद्दा सच्याउँदै शक्ति सन्तुलन र राष्ट्रिय सहमतिका साथ संविधान कार्यान्वयन गर्दै मुलुकलाई दिशानिर्देश गर्न संशोधन प्रस्ताव सकारात्मक प्रयास भएपनि हिमाल, पहाड, तराईका राष्ट्रिय जीवनको अन्तर्निर्भरता र शक्तिलाई प्रतिकूल प्रभाव गर्ने गरी, शाश्वत सत्यलाई नै अस्तित्वहीन बनाउने सोच गलत भएको जनाएका छन् ।
साहित्यकारसमेत रहेका गुल्मी निवासी न्यौपानेले विज्ञप्ति जारी गरी प्रादेशिक सीमाङ्कन संशोधनको सम्बन्धमा जनस्तरबाट राष्ट्रिय हितमा उठेका आवाजलाई ऐक्यबद्धता जनाउँदै जारी विरोध कार्यक्रममा सहभागिताको लागि आह्वान गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “लुम्बिनीमा तराई र पहाडलाई एउटै राष्ट्रिय मूलप्रवाह तथा एउटै प्रदेशमा राख्ने जुन सचेत अभियान तथा आन्दोलन चलिरहेको छ, त्यसमा हाम्रो ऐक्यबद्धतासहित सहभागिता छ ।” रासस