• एमालेको भात्रृसंगठनले सडक आन्दोलन सुरु गरे
  • पार्टीले भोलिदेखि संसददेखि सडकसम्म आन्दोलन चर्काउने
  • राजधानीमा सरकारी गाडी तोडफोड
  • संविधान संशोधन बिधेयक जलाइयाे

todfod  काठमाण्डौ  / एमालेले संविधान संशोधन विधेयकको विरोध गर्दै बिहीबारबाट संसददेखि सडकसम्म आन्दोलन चर्काउने निर्णय गरेको छ । एमाले संसदीय दलको बुधबार बसेको बैठकले संविधान संशोधन विधेयक राष्ट्रघाती भएको भन्दै त्यसविरुद्ध संसदमा संघर्ष गर्ने निर्णय गरेको हो । उसले जनताको व्यापाक समर्थनमा संशोधनलाई असफल पार्ने निष्कर्ष समेत निकालेको छ । भोलिबाट राष्ट्रघाती निर्णयको विरुद्ध एमाले संसदमा उभिने एमाले सांसद रवीन्द्र अधिकारीले बताए । पार्टीले निर्याण् नै गरेको उनले बताए । सरकारले सीमा फेरबदल गर्ने गरी मंगलबार राति संसदमा संविधान संशोधन विधेयक पेश गरेको थियो । उक्त विधेयकमले मुलुकलाई झन् द्वन्द्व र विखण्डन तर्फ लैजान मलजल गर्ने भन्दै एमालेले यस विरुद्ध संघर्षमा उत्रिन सार्वजनिक आह्वानसमेत गरेको छ । संसद भित्र र बाहिर रहेका सबै दल र जनसमुदायलाई आन्दोलनमा उत्रिन उसले भनेको छ । नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा विरामी भएका कारण अध्यक्ष केपी ओली भने उपस्थित भएनन । पार्टीका तर्फबाट उपाध्यक्ष बामदेव गौतमले सशक्त आन्दोलनमा जाने निर्णय भएको सुनाए । एमाले संसदीय दलले सबै सांसदहरुलाई प्रतिवाद गर्न र सदनमा संघर्ष चलाउनुपर्ने भएकाले राजधानी नछोड्न निर्देशन दिएको बताइएको छ । यता संविधान संसोधनको अन्तरवस्तुले मुलुकमा सिक्किमीकरणको खतरा बढ्ने भन्दै युवा संघ नेपाल मोरङले त्यसको विरोधमा बुधबार विराटचोकमा प्रदर्शन गरेको छ । युवाहरुले नारासहित र्याली निकालेपछि संविधानको संसोधन प्रतिलिपि जलाउँदै यो संसोधन राष्ट्को हितमा नभएको उल्लेख गरेका छन् । कोणसभामा युवा संघका केन्द्रीय सचिवालय सदस्य एवम् कोशी इञ्चार्ज Untitled-5रविन थापाले यसबेलाको संविधान संसोधनको अन्तरवस्तुले मुलुकलाई विखण्डन गरी सिक्किमीकरणको नियति निम्त्याउने खतरा भएकाले त्यसको विरोध गर्नुपरेको जनाए । उनले मधेसी मोर्चासँगको सहमतिका नाममा तराईलाई टुक्र्याउँदै सिक्किमिकरणको अवस्थातर्फ उन्मुख रहने भन्दै राष्ट्वादी नेपालीले यसको विरोध गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे । कार्यक्रममा, संघका अञ्चल सदस्य माधव थापा, जिल्ला सचिव नविन पौडेल लगायतको अगुवाईमा कार्यक्रम भएको हो ।

काठमाडौंको नयाँ बानेश्वरमा युवा विद्यार्थीले संयुक्त प्रदर्शन गरेका छन् ।Untitled-6 प्रदर्शनकारीले नयाँ बानेश्वर चोकमा बा १ झ ८११३ नम्बरको एक सरकारी जीपमा तोडफोड समेत गरेका छन् । सो क्रममा अखिल र युवा संघले संविधान संशोधन बिधेयक जलाएका थिए ।