विजयपुर/नेकपा (एमाले)का केन्द्रीय सदस्य हिक्मत कार्कीले हिमायती समुहलाई ५० हजार रुपैया नगद सहयोग गरेका छन् । नेपालमा प्रजातन्त्र स्थापना गर्न सांस्कृतीक आन्दोलनको अगुवाइ गरेको हिमायतीलाई बाध्यबादनका सामाग्रि खरिद गर्न सहयोग गरिएको नेता कार्कीले जानकारी दिए ।
२०३८ सालमा स्थापना भएको हिमायतीले प्रजातन्त्र स्थापनाका लागि गरेको सांस्कृतीक आन्दोलन निकै प्रसंसनिय रहेको उनको भनाई छ । हिमायतीले त्यो आन्दोलनलाई नयाँ ढङगले अगाडि बढाउनु पर्छ भन्ने लागेर आफुले सहयोग गरेको कार्कीले सुनाए । कार्कीपनि २०४२ साल देखि ४४ साल सम्म हिमायतीको सांस्कृतीक कार्यक्रमहरुमा हिड्ने गरेका थिए ।
कार्कीबाट सहयोग प्राप्त भएको रकमले हिमायतीमा बाजागाजा किनेर अझ ब्यबस्थीत गर्नुे हिमायती समुहका अध्यक्ष हर्क चुम्मेले बताए ।हिमायती धरानका जुझारु युवाहरुको सकृयतामा ०३८ सालमा स्थापना भएको थियो । हिमायती जनसाँस्कृतिक समुहले चालिसको दशकमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध जागरण र परिवर्तनको गीतहरु गाउदै हिमायती गाउँ वस्तीमा पुगेको थियो ।