femly

पाँचकन्या/ विश्व शान्ति तथा एकीकृत परिवार सङ्घ नेपाल र युनिभर्सल पिस फेडेरेसन नेपालको संयुक्त आयोजनामा सम्पन्न वैवाहिक प्रतिबद्धता (पारिवारिक महोत्सव) तथा शुभआशीर्वाद कार्यक्रम शनिबार सम्पन्न भएको छ । विश्व शान्ति तथा एकीकृत परिवार सङ्घ नेपालका पूर्वाञ्चल संयोजक नवराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व सांसद् हर्कमान तामाङ प्रमुख अतिथि थिए । कार्यक्रममा युनिभर्सल पिस फेडेरेसन सुनसरीका प्रमुख सल्लाहकार एवम् ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधानसम्पादक राजकुमार कार्की र शान्ति भगवती उच्च माविका प्राचार्य श्रीप्रसाद ढकाल विशेष अतिथि थिए ।

महोत्सवमा हिन्दू, बौद्ध, इसाई र किरात धर्मका गुरुहरुको पनि उपस्थिति थियो । कार्यक्रममा लाखे, साकेला, हुर्रा, ढोल नृत्य पनि प्रस्तुत गरिएका थिए । कार्यक्रममा शान्तिदूतहरु हिमाल राई, गङ्गा कालिकोटे, पुष्कर थापा, विराट नर्सिङ कलेजका प्रमुख भगवती कालिकोटे, प्रचारप्रसार संयोजक इन्द्रप्रसाद घिमिरे, युवा शान्तिदूत रीता लिम्बू, मेघनाथ प्रसाई, जीवन पनेरु, शान्ति लामा, उत्तमसेन श्रेष्ठ, लक्ष्मण कार्की, घनेन्द्र पौडेल, सरोज पौडेल, लेटाङ भोगटेनी नगरपालिकाका वडा सचिव जीतबहादुर लामा, अफिसेटर राम लिम्बू र सीता लिम्बू, विद्यालयका प्रिन्सिपलहरु, राजनीतिक दलका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक कमल अधिकारीले जानकारी दिए । कार्यक्रमा सङ्घका उपाध्यक्ष विनोद डाँगीले विशेष प्रस्तुति दिएका थिए ।

श्री शान्ति भगवती उच्च मावि लेटाङभोगटेनी–८ मा सम्पन्न कार्यक्रममा नीरविक्रम किराती, दुर्गा भण्डारी, नन्दलाल धिमाल, देवराज चाम्लिङ राई, विजयपुर एफएमका निर्देशक राजेन्द्र राई, मिस पूर्वाञ्चल २०१६ मा दोस्रो स्थान प्राप्त गर्न सफल इक्सा मादेनलगायत नयाँ शान्तिदूत चयन भएका थिए । विश्व शान्ति तथा एकीकृत परिवार सङ्घ नेपालका संयोजक लोकबहादुर गिरीका अनुसार प्रमुख अतिथि, विशेष अतिथिले शान्तिदूतहरुलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा प्रतिनिधि जोडीहरु पुष्कर थापा, लक्ष्मण कार्कीलगायतले वैवाहिक प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा लगभग एक हजार जनाको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन तीर्थराज घिमिरेले गरेका थिए ।