भोजपुर/नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले देशको समृद्धि र स्थायित्वका लागि संविधान संशोधन गरेर मधेसका माग पूरा गर्न काँग्रेस लागिपरेको बताएका छन्। gyanendra bdr karki पूर्व जलस्रोत मन्त्रीसमेत रहनुभएका नेता कार्कीले राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै विगतको सरकारले कनिका छरेजस्तो बजेट ल्याएर राष्ट्रिय महत्वका विकास आयोजनामा चासो नदेखाएको बताए । ठूला विकासका पूर्वाधारमा लगानी गरेको खण्डमा मात्र देश विकासको दिशामा अगाडि बढ्ने उनको भनाइ छ । कम्युनिस्ट सरकारले धनी र गरिबबीचको खाडल अन्त्य गर्ने ठूला सपना बाढे पनि गरिबीको अन्त्य हुन नसकेकाले बेरोजगारी समस्या समाधान गर्नु आफ्नो पार्टीको अबको मुख्य प्राथमिकता रहेको कार्कीले स्पस्ट पारे ।  रासस