धरान/एक महिलाले केही युवा लगेर धरान–११ को एक घरमा आक्रमण गरी झ्यालका सिसाहरु तोडफोड गरेकी छन् ।
[caption id="attachment_20301" align="alignnone" width="960"]

ताेडफाेडबाट पुगेकाे क्षति । तस्बिरहरु: भाेजराज श्रेष्ठ[/caption]
धरान–११ मंगलबारेका संजय राई तथा कमला श्रेष्ठ राईको घरमा रातको ९ बजे तिर ढुंगामुढा गरी १५ वटा झ्यालका सिसाहरु तोडफोड गरेकी हुन् । झ्यालसँगै अघिल्तिर राखिएको गमलाका फूलहरु पूर्ण रुपमा क्षति पुर्याएकी छन् । कान्छी श्रीमती नबनाएको भन्दै आक्रोसमा धरानमा होटल गर्दै आएकी शान्ता भनिने सानिकाकुमारी राई आएर घरलाई क्षति पुर्याएको कमलाले बताइन् । यस बारे घटना भइरहँदा प्रहरीलाई जानकारी गराउँदासमेत प्रहरीले वेवास्ता गरेको उनले बताइन् ।

घर जलाउने नियतले केही युवाहरुसमेत लिएर आएको उनले दाबी गरिन् । ‘पेट्रोल ले पेट्रोल ले भनेर माग्दै थिइ । जेहोस् पेट्रोल पास गर्ने अरु नै थिएँ ।’ उनले भनिन्, ‘बाहिर केटाहरु, गुण्डाहरु थिएँ ।’ सानिकाको नाममा किटानी जाहेरी दिने तयारीमा रहेको कमलाले बताइन् ।

अस्थायी प्रहरी चौकी रेल्वेबाट दुई जना प्रहरीहरुले आएर घटनाको मुचुल्का उठाएको उनले बताइन् । यस बारेमा श्रीमान संजयले भने केही बोल्न चाहेनन् । उनले किटानी जाहेरी दिने पक्षमासमेत थिएनन् । संजयले त्यही रात सानिकासँग धरान–१५ स्थित बगरकोटमा भेटेर वाइन खाएको बताए ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले मौखिक जानकारी आएको र रेल्वेको प्रहरीलाई बुझ्नको लागि पठाएको बताए । उनले निवेदन आएपछि कारण के हो भन्ने खुल्ने बताए ।